2026-09-06 01:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जागिर छाड्छु भन्न नसकेर कर्मचारीले काटे आफ्नै चार औँला

काठमाडौँ | भारतको गुजरातमा एक अनौठो घटना भएको छ, जहाँ जागिर छोड्ने कुरा हाकिमलाई भन्न नसक्दा एक युवकले आफ्नै चार औँला काटेका छन्। सुरतका मयुर तारापाराले जागिरलाई निरन्तरता दिन नसक्ने कुरा व्यक्त गर्न कठिन भएकोले यस्तो कठोर कदम उठाएका हुन्।

घटना डिसेम्बर महिनाको शुरुको हो । आफ्नो बायाँ हातको चार औँला काटियो भन्दै सुरतका बसिन्दा मयुर तारापारा पुलिस थाना पुगे । आफू मोटरसाइकल चढेर साथीको घरमा गइरहँदा रिँगटा लागेको अनि सडकको छेउमा बसेको तर १० मिनेटपछि होस आउँदा चार ओटा औँला काटिएको उनको भनाइ थियो ।

सुरुमा त प्रहरीले पनि काला जादुको लागि युवकको औँला कसैले काटेर लग्यो होला भन्ने सोच्यो । तर अनुसन्धानका क्रममा उनले सुनाएको कहानीमा कयौँ कुरा सन्दिग्ध देखियो । घटना सुरतको अम्रोली प्रहरी थानामा दर्ता भयो ।

त्यसपछि सहरको अपराध शाखासम्म मामिला पुग्यो । पीडितले भनेको ठाउँको सीसीटीभी क्यामरा हेर्ने क्रममा मयुर चक्रपथको नजिक बाइक राखेर गएको अनि आउँदा चोटग्रस्त हात लिएर फर्किएको देखियो । सडकमा उनलाई कसैले पिछा गरेको पनि देखिएन । प्रहरीले केरकार गर्दा युवकले आफैँले आफ्ना औँला काटेको स्वीकारे । आफैँले चक्कु किनेर ल्याएको अनि घटनाको दिन राति १० बजे चार दिनपछि औँला काटेको उनले बताए । चक्कु र काटिएका औँला युवकले झोलामा राखेर फ्याके ।

आफन्तको हिरा कम्पनीमा काम गर्न नचाहेकोले औँला काटेर फ्याकेको सत्य मयुरले हिचकिचाहटको साथमा प्रहरीलाई बताएका थिए । रोजगारदातालाई तिम्रो कम्पनीमा अब उप्रान्त जागिर खाँदिन भन्नुको गाह्रोले उनले औँला नै काटेर फ्याके ।

औँला नभएपछि उनी उक्त कम्पनीमा काम गर्नका लागि योग्य रहँदैनथे । प्रहरीले मयुरको तीन वटा औँलासहितको झोला फेला पारेका छन् । यस घटनाबारे प्रहरीले अरू छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ