2026-09-06 01:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साउदीमा ६ इरानीलाई फाँसी

काठमाडौँ | साउदी अरबले ६ जना इरानी नागरिकलाई फाँसी दिएको छ । लागू औषध तस्करीको मामिलामा ती ६ जनालाई बुधबार फाँसीको सजाय दिइएको हो ।

मध्यपूर्वका यी दुई देशले बिग्रिएको आपसी सम्बन्ध सुधार्ने प्रयास गरिरहेकै समयमा यो खबर आएको हो । इरानले साउदीको यो कदमको चर्को आलोचना गरेको छ । साउदीको आन्तरिक मन्त्रालयले बताएअनुसार चरेस तस्करी गरेर साउदीमा ल्याउने क्रममा ६ जना इरानी नागरिक समातिएका थिए । मृत्युदण्डको सजायविरुद्ध परेको याचिका साउदीको सर्वोच्च अदालतले अस्वीकार गरेको थियो ।

सजाय इस्लामिक कानुन अनुसार दिइएको र नागरिकलाई लागू औषधको चपेटामा पर्नबाट बचाउन यो कदम लक्षित भएको मन्त्रालयले बताएको छ ।

यो निर्णयको विरोध गर्दै तेहरानमा इरानको विदेश मन्त्रालयले देशका लागि साउदी राजदूतलाई बोलाएका थिए । फाँसीको फैसला न्यायिक सहकार्य गर्ने प्रवृत्तिको विरुद्ध भएको आन्तरिक मन्त्रालयका अधिकारी मोजतबा शस्ती कारिमीले भनेका छन् ।

फाँसीबारे इरानलाई समयमै जानकारी नगराइएको र यो कुनै पनि परिस्थितिमा अस्वीकार्य भएको पनि उनले बताएका छन् । ७ वर्षसम्मको तनावपछि इरान र साउदीले सन् २०२३ को सुरुमा कूटनीतिक सम्बन्ध पुनः स्थापित गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ