१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ?

२३ पुष २०८१, मंगलवार १४:५६

काठमाडौँ | दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा फिल्म ‘पुष्पा २’को विशेष शोमा भएको भागदौडमा घाइते भएका बालक भेट्न पुगेका छन् ।

मंगलबार अल्लु बेगमपेटमा रहेको किम्स अस्पताल श्रीतेजलाई भेट्न गएका हुन् । सोही घटनामा बालककी आमाको मृत्यु भएको थियो । अभिनेता बालकको स्वास्थ्य स्थितिबारे जानकारी लिन अस्पताल पुगेको बताइएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार अल्लु अर्जुन आज बिहान तेलंगानाको बेगमपेटको किम्स अस्पताल पुगेका थिए । यस अस्पतालमा भागदौडमा घाइते भएका बालकलाई भर्ना गरेर राखिएको छ । अल्लु अस्पताल पुग्दा त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सार्वजनिक भएको भिडियोमा अस्पताल परिसरमा भारी सुरक्षा बल तैनाथ गरिएको देखिन्छ । श्रीतेजको स्वास्थ्य अवस्था बुझेर अल्लु अस्पतालबाट हिडेका थिए ।

कस्तो छ बालकको अवस्था ?
श्रीतेजको स्वास्थ्य अवस्था अहिले सुधार भइरहेको बताइएको छ । उनलाई चिकित्सकको निगरानीमा राखिएको छ । सन्ध्या थिएटर भागदौड प्रकरणमा अल्लु अर्जुनविरुद्ध कानुनी कारबाही चलिरहेको छ । यसैबिच अल्लु अर्जुन श्रीतेजलाई भेट्न पुगेका हुन् ।

घाइते बालक अहिले पनि भेन्टिलेटरमै छन् । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । डिसेम्बर २४ देखि उनको अवस्थामा सुधारको सकारात्मक संकेतहरू देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने