2026-09-27 04:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक

काठमाडौँ | भारतको झारखण्डस्थित धनबाद जिल्लाको एक निजी विद्यालयमा प्रधानाध्यापकको आदेशमा कथित रूपमा धेरै छात्राहरूलाई आफ्नो सर्ट खोल्न लगाइएको घटना बाहिर आएको छ। तर प्रधानाध्यापकले आफूले त्यस्तो कुनै आदेश नदिएको बताएका छन् ।

छात्राहरूले धनबाद जिल्ला मजिस्ट्रेटलाई दिएको लिखित उजुरी अनुसार विद्यालयमा प्रि-बोर्ड परीक्षाको अन्तिम दिन यो घटना भएको हो। छात्राले विद्यालयको सर्टमा एकअर्काको लागि शुभकामना लेखेका थिए । तर, यसो गर्दा विद्यालयको प्रतिष्ठामा आँच आउने भन्दै प्रधानाध्यापकले सबै छात्राले आफ्नो सर्ट विद्यालयमा छाड्नु पर्ने बताए ।

यसपछि केही छात्राले आफैँ सर्ट फुकालेको र कतिपयको सिनियरले सर्ट निकालेको आरोप छ । जिल्ला प्रशासनले सम्पूर्ण घटनाको छानबिन गर्न निर्देशन दिएको छ ।

यस विषयमा छात्राहरू मिडियासामु बोल्न तयार छैनन् । तर, उनका परिवारका सदस्यले यस विषयमा बोलेका छन् ।

विद्यालयमा कक्षा १० को दुवै खण्डसहित जम्मा १२० छात्रा छन् । परीक्षा सकिएपछि करिब २० छात्राहरू घर गए । बाँकी छात्राहरूले ‘पेन डे’ मनाइरहेका थिए । कतिपय छात्राहरू सार्वजनिक यातायातमा ब्लेजर लगाएर घर जान बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह