२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दक्षिण अफ्रिकी सुन खानीमा फसेका सय जना मजदुरको भोकले मृत्यु

२०८१, १ माघ मंगलवार १५:२६

काठमाडौँ | दक्षिण अफ्रिकाको सुन खानीमा फसेका एक सयभन्दा बढी कामदारको मृत्यु भएको छ। अल जजिराको रिपोर्टका अनुसार खानीमा दुई महिनादेखि ४ सयभन्दा बढी कामदार फसेका थिए। उनीहरू सबै अवैध रूपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गरेका थिए।

राहत र उद्धारका लागि विशेष खानी उद्धार टोली घटनास्थलमा पठाइएको छ। प्रतिवेदन अनुसार भोक र तिर्खाका कारण मजदुरको ज्यान गएको हो। हालसम्म १३ जनाको शव निकालिएको छ। धेरै मानिसलाई विस्थापित गरिएको छ।

उद्धार गरिएका कामदारहरूबाट एउटा सेलफोन भेटिएको थियो, जसमा २ भिडियो थिए। यी भिडियोमा दर्जनौं शव पोलिथिनमा बेरिएको देखिन्छ।

खानीमा काम गर्ने मजदुरसँग सम्बद्ध सामाजिक संस्था माइनिङ इफेक्टेड कम्युनिटीज युनाइटेड इन एक्सन (म्याकुए)का अनुसार प्रहरीले गत मंसिरदेखि अवैध उत्खननविरुद्ध कारबाही थालेको थियो। प्रहरीले यो खानी सिल गर्ने प्रयास गरेको थियो। यसका लागि कामदारलाई बाहिर आउन आग्रह गरिएको छ। पक्राउ पर्ने डरले कामदारले खानीबाट बाहिर निस्कन मानेनन्। त्यसयता यी मजदुर खानीमा फसेका थिए।

मजदुरले अस्वीकार गरेपछि प्रहरीले खानीभित्र पस्न र बाहिर निस्कन प्रयोग गरिने डोरी र पुली हटाएको मकुआले जनाएको छ। त्यसपछि कामदार खानीमै अलपत्र परेका थिए।

दक्षिण अफ्रिकी अखबार सन्डे टाइम्सका अनुसार उद्धार टोलीले एउटा पिंजरा तयार पारेको छ, जसलाई खानीमा ३ किलोमिटर तल झर्ने काम भइरहेको छ। यो पिंजराको सहायताले पहिले बाँकी रहेकालाई बाहिर निकाल्ने काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार