९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दक्षिण अफ्रिकी सुन खानीमा फसेका सय जना मजदुरको भोकले मृत्यु

१ माघ २०८१, मंगलवार १५:२६

काठमाडौँ | दक्षिण अफ्रिकाको सुन खानीमा फसेका एक सयभन्दा बढी कामदारको मृत्यु भएको छ। अल जजिराको रिपोर्टका अनुसार खानीमा दुई महिनादेखि ४ सयभन्दा बढी कामदार फसेका थिए। उनीहरू सबै अवैध रूपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गरेका थिए।

राहत र उद्धारका लागि विशेष खानी उद्धार टोली घटनास्थलमा पठाइएको छ। प्रतिवेदन अनुसार भोक र तिर्खाका कारण मजदुरको ज्यान गएको हो। हालसम्म १३ जनाको शव निकालिएको छ। धेरै मानिसलाई विस्थापित गरिएको छ।

उद्धार गरिएका कामदारहरूबाट एउटा सेलफोन भेटिएको थियो, जसमा २ भिडियो थिए। यी भिडियोमा दर्जनौं शव पोलिथिनमा बेरिएको देखिन्छ।

खानीमा काम गर्ने मजदुरसँग सम्बद्ध सामाजिक संस्था माइनिङ इफेक्टेड कम्युनिटीज युनाइटेड इन एक्सन (म्याकुए)का अनुसार प्रहरीले गत मंसिरदेखि अवैध उत्खननविरुद्ध कारबाही थालेको थियो। प्रहरीले यो खानी सिल गर्ने प्रयास गरेको थियो। यसका लागि कामदारलाई बाहिर आउन आग्रह गरिएको छ। पक्राउ पर्ने डरले कामदारले खानीबाट बाहिर निस्कन मानेनन्। त्यसयता यी मजदुर खानीमा फसेका थिए।

मजदुरले अस्वीकार गरेपछि प्रहरीले खानीभित्र पस्न र बाहिर निस्कन प्रयोग गरिने डोरी र पुली हटाएको मकुआले जनाएको छ। त्यसपछि कामदार खानीमै अलपत्र परेका थिए।

दक्षिण अफ्रिकी अखबार सन्डे टाइम्सका अनुसार उद्धार टोलीले एउटा पिंजरा तयार पारेको छ, जसलाई खानीमा ३ किलोमिटर तल झर्ने काम भइरहेको छ। यो पिंजराको सहायताले पहिले बाँकी रहेकालाई बाहिर निकाल्ने काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता