2026-09-06 11:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायल र हमासले सार्वजनिक गरे पहिलो चरणमा रिहा गरिनु पर्ने बन्धकहरूको सूची

काठमाडौँ | हमाससँगको युद्धविराम सम्झौता कार्यान्वयनका लागि इजरायल र हमासले पहिलो चरणमा रिहा गरिनु पर्ने बन्धकहरूको सूची सार्वजनिक गरेका छन्।

इजरायलले पहिलो चरणमा रिहा गरिनु पर्ने ३३ जना र हमासले ३ जना इजरायली बन्धकहरूको सूची सार्वजनिक गरेको छ ।

बीबीसीका अनुसार यो सूचीमा अक्टोबर ७ मा हमासले बन्धक बनाएका सबैभन्दा कान्छो र पाका बन्धक पनि समावेश छन् । कान्छा बन्धकमा ९ महिनाको उमेरमा बन्दी बनाइएका कफिर बिबास रहेका छन् । उनले कैदमै दोस्रो जन्मदिन मनाइसकेका छन् । त्यस्तै पाका बन्धकमा ८६ वर्षीय शलोमो मन्जुर रहेका छन् । उनलाई पनि पहिलो चरणमा रिहा गरिने अपेक्षा गरिएको छ।

हमासले भने पहिलो दिन रिहा गरिने ती तीनै बन्दीहरू महिला रहेका छन् । हमासले टेलिग्राममा पोस्ट गरेअनुसार २४ वर्षीया रोमी गोनेन, एमिली दमारी र डोरोन स्टाइनब्रेचर रहेका छन् । २४ वर्षीया गोनेन सुपरनोभा फेस्टिवलबाट भाग्न खोज्दा हमलामा परेको थिइन् । २८ वर्षीया एमिली दमारी ब्रिटिश-इजरायली नागरिक हुन् । उनलाई किबुत्ज कफार अजा क्षेत्रमा बन्धक बनाइएको थियो । यसअघि रिहा भएका बन्धकहरूले कैदमा हुँदा उनको सम्पर्क भएको बताएका थिए। त्यस्तै ३१ वर्षीया डोरोन स्टाइनब्रेचर पशुचिकित्सक नर्स हुन् । किबुत्ज कफार अजामा आफ्नो अपार्टमेन्टमा हुँदा हमासले आक्रमण गर्दा बन्धक बनाइएकी थिइन् । यी तीनजना महिलाहरू युद्धविरामको सम्झौताको पहिलो चरणमा रिहा गरिने बताइएको छ ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले बन्दीहरूको नाम नदिएसम्म युद्धविराम सुरु नहुने चेतावनी दिएका थिए ।

युद्धविराम स्थानीय समयअनुसार बिहान ८:३० बजे सुरु हुने योजना थियो, तर इजरायली सेनाले गाजामा आक्रमण जारी राख्दै कम्तीमा १० जना प्यालेस्टिनीको हत्या गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ