१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एरोस्पेस इन्जिनियरको जागिर छाडेर बनेका कुम्भ मेलाका भाइरल बाबा आश्रमबाटै निष्कासित

७ माघ २०८१, सोमबार १५:११

काठमाडौँ | १४४ वर्षपछि भारतको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा भाइरल बनेका आईआईटियन बाबालाई आश्रमबाट निष्कासित गरिएको छ । इन्जिनियर पेसा छोडेर सन्यासी बनेका अभय सिंहलाई सन्तहरू बस्ने जुना अखडाबाट निकालिएको हो ।

अभयले आफ्ना गुरु महानन्त स्वामेश्वर पुरीलाई ‘पागल’ भनेको रिल इन्टाग्राममा भाइरल बनेको थियो । उनले आफ्ना बुबालाई ‘हिरण्यकश्यप’ (पौराणिक कथाका दानव राजा) भनेका थिए ।

उक्त भिडिओ भाइरल भएपछि गुरुको अपमान गरेको भन्दै आश्रम आसपास समेत रहन नपाउने गरी उनलाई शनिबार निकालिएको हो । आफ्नो गुरुको सम्मान गर्ने मात्र सन्त बन्न सक्ने भन्दै सिंहमाथि गुरु-शिष्य नियमको उल्लङ्घन गरेको आरोप लगाइएको छ । गुरुको अपमान गर्नु सनातन धर्मप्रतिको अविश्वास रहेको बताइएको छ । ‍ उनले गुरु-शिष्य नियम बुझेर पालना नगरेसम्म आश्रममा प्रवेश निषेध गरिएको हो ।

भारतको हरियाणा घर भएका अभय सिंह पेसाले एयरोस्पेस इन्जिनियर थिए । भारतको उत्कृष्ट इन्जिनियरिङ कलेज आईआईटी बम्बई (IIT Bombay) मा पढेका उनी क्यानडामा मासिक करिब चार लाख ८० हजार रुपैयाँको जागिर छाडेर सन्यासी बनेका हुन् ।

गत हप्ताबाट कुम्भ मेला सुरु भएसँगै उनी भाइरल भइरहेका छन् । उनले विभिन्न भारतीय सञ्चारमाध्यम तथा व्यक्तिलाई अन्तर्वार्ता दिएका छन् । सोही क्रममा उनले आफ्ना गुरुलाई पागलको संज्ञा दिएका थिए ।

आश्रमबाट निकालिए पनि उनले मेला भने छाडेका छैनन् । हाल उनी ज्याेतिषहरूको एक शिविरमा शरण लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का