२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इरानमा गायक आमिर टाटालूलाई मृत्युदण्डको सजाय

२०८१, ७ माघ सोमबार १७:०९

तेहरान । इरानको सर्वोच्च अदालतले गायक आमिर होसेन माध्सोउद्लू ऊर्फटाटालूलाई मृत्युदण्डको सजाय सुनाएको छ । ईशनिन्दा गरेको अभियोगमा गायकलाई सो सजाय सुनाइएको हो ।

यसअघि अदालतले गायकलाई ५ वर्षको जेल सजाय दिएको थियो । तर अभियोजनकर्ताहरूले उक्त फैसलाको विरोध गर्दै दायर गरेको याचिका स्वीकार गरे पनि सर्वोच्च अदालतले यो फैसला सुनाएको हो ।

टाटालूले पैगम्बर मोहम्मदको निन्दा गरेको अदालतले ठहर गरेको थियो । मुद्दालाई रि–ओपन गरेर उनलाई मृत्यु दण्ड दिइएको हो । तर यो फैसला अन्तिम भने होइन ।

यसविरुद्ध अपिल गर्ने अधिकार टाटालूमाथि सुरक्षित छ । ३७ वर्षीय टाटालू सन् २०१८ देखि इस्तानबुलमा बस्दै आएका थिए । सन् २०२३ को डिसेम्बरमा टर्किश प्रहरीले टाटालूलाई इरानी अधिकारीलाई सुम्पिएका थिए ।

वेश्यावृत्तिको प्रवर्द्धन गरेको अभियोगमा टाटालूलाई १० वर्षको जेल सजाय पनि दिइएको थियो । उनीमाथि इरानी सरकारविरुद्ध प्रोपोगान्डा चलाएको र अश्लील सामाग्री प्रकाशित गरेको अभियोग पनि लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार