२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म

२०८१, ८ माघ मंगलवार ११:५५

एजेन्सी । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन्। उनले सोमबार राति नेपालीय समय अनुसार १०:४५ बजे अमेरिकी संसद क्यापिटल हिलमा पद तथा गोपनियताको शपथ लिएका हुन्। उनलाई सर्वोच्च अदालतका न्यायाधीश जोन रोबर्ट्सले शपथ ग्रहण गराए।

शपथ ग्रहण समारोहमा ट्रम्पकी श्रीमती मेलानियाले बाइबल समातेर उभिएकी थिइन्। ट्रम्पको शपथपछि, संसदको क्यापिटल रोटुन्डा हल केही समयसम्म तालीको गडगडाहटले गुन्जियो। ट्रम्प २०१७ देखि २०२१ सम्म संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपति थिए। उनीभन्दा अगाडि रिपब्लिकन नेता जेडी भान्सले अमेरिकाको ५० औं उपराष्ट्रपतिको रूपमा शपथ लिएका थिए।

शपथ ग्रहणपछि ट्रम्पले ३० मिनेटसम्म राष्ट्रका नाममा सम्बोधन गरे। आफ्नो पहिलो भाषणमा उनले भने, ुअमेरिकाको स्वर्ण युग भर्खरै सुरु भएको छ। यस दिनदेखि, हाम्रो देश फेरि समृद्ध हुनेछ र विश्वभर सम्मानित हुनेछ।

अबको केही समयपछि हामी मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर संयुक्त राज्य अमेरिकाको खाडी राख्नेछौं, ट्रम्पले भने। पानामा नहरको बारेमा उनले भने, ‘यस नहरका कारण हामीमाथि धेरै नराम्रो व्यवहार गरिएको छ। यो नहर कहिल्यै पनि पानामा देशलाई उपहारको रूपमा दिनु हुँदैनथ्यो। आज चीनले पनामा नहर सञ्चालन गरिरहेको छ। हामीले यो चीनलाई दिएनौं। हामीले यो पानामा देशलाई दियौं। हामी यसलाई फिर्ता लिनेछौं।’

उनले भने, हामी अवैध आप्रवासीहरूको प्रवेशमा प्रतिबन्ध लगाउनेछौं र समात्ने र छोड्ने प्रणाली अन्त्य गर्नेछौं। हाम्रो देशमाथिको यो विनाशकारी आक्रमण रोक्न म दक्षिणी सिमानामा सेना पठाउनेछु।’

उनले आफ्नो भाषणमा भने, म अमेरिकामा सबै सरकारी सेन्सरशिप तुरुन्तै रोक्न र अभिव्यक्ति स्वतन्त्रता पुनर्स्थापित गर्न कार्यकारी आदेशमा पनि हस्ताक्षर गर्नेछु। आजदेखि अमेरिकी सरकारको आधिकारिक नीति हुनेछ पुरुष र महिला दुई लिङ्ग मात्र हुनेछन्।’

१० घोषणाहरू

१. अन्य देशहरूमा भन्सार लगाउन बाह्य राजस्व सेवाको गठन।

२. शिक्षा प्रणाली र स्वास्थ्य प्रणालीमा परिवर्तन ल्याउने ।

३. अवैध आप्रवासीहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र समात्ने र छोड्ने प्रणाली अन्त्य गर्ने।

४. घुसपैठ रोक्न मेक्सिकोको सीमामा आपतकाल घोषणा गरिनेछ।

५. लागूऔषध माफियालाई विदेशी आतंकवादी संगठन घोषणा गरिने।

६. विदेशी गिरोहहरूलाई निर्मूल पार्न विदेशी शत्रु ऐन, १७९८ लागू गर्ने ।

७. मेक्सिकोको खाडीको नाम परिवर्तन गरी अमेरिकाको खाडी राखिने ।

८. ट्रान्सजेन्डर प्रणालीको अन्त्य हुनेछ, पुरुष र महिला गरी दुई लिङ्ग मात्र हुने।

९. विद्युतीय सवारी साधनको बाध्यता अन्त्य गर्ने ।

१०. पानामा नहर पानामाबाट फिर्ता लिइने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने