2026-09-27 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकामा ६७ जनासहित विमान र सैन्य हेलिकप्टर ठोकिएर यसरी खसे नदीमा (भिडिओ)

एजेन्सी | अमेरिकाको राजधानी वासिङ्टन डीसीको रेगन राष्ट्रिय विमानस्थलनजिकै बुधबार राति ६४ जना बोकेको अमेरिकी एअरलाइन्सको विमान र अमेरिकी सेनाकै ३ सदस्य सवार हेलिकप्टर आपसमा ठोकिएर पोटोम्याक नदीमा खसे। स्थानीय समयाअनुसार यो दुर्घटना राति ९ बजे भएको थियो।

यो खबर लेखिरहँदा दुर्घटनास्थलबाट १८ शव निकालिएको र बाँकी यात्रुको खोजी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

आपसमा ठोकिएपछि विमान र हेलिकप्टर पोटोम्याक नदीमा खसेका थिए। यो संयुक्त राज्य अमेरिकाको मध्य-एट्लान्टिक क्षेत्रको एक प्रमुख नदी हो। विमान खसेको नदीको पानी धेरै चिसो भएकाले खोजी र उद्धारमा कठिनाइ भइरहेको छ। यो नदीमा केही मिनेट बसेमा मानिस जम्न सक्ने बताइएको छ।

यस नदीमा पसेपछि बाँच्न लगभग असम्भव छ किनभने पानीको तापक्रम यति कम छ कि कोही पनि पौडी खेलेर पनि पानीबाट बाहिर निस्कन सक्दैन। वासिङ्टन पोस्टका अनुसार यस नदीको पानीको तापक्रम लगभग ३५ देखि ३६ डिग्री फरेनहाइट अर्थात् -१.१११११ सेल्सियस छ। यसबाहेक हालै यस क्षेत्रमा हिमपात भएको छ, जसका कारण नदीमा बरफका टुक्रा पनि तैरिरहेका छन्।

यति चिसो पानीमा यात्रुहरूलाई बाँच्न गाह्रो देखिन्छ। नदीमा बरफ र अत्यधिक चिसो पानीले उद्धार कठिन बनाइरहेका छन्। यस्तो चिसो पानीम शरीरको तापक्रम चाँडै घट्न सक्छ, जसले गर्दा यात्रुहरूको बाँच्ने सम्भावना अत्यन्तै कम हुन्छ।

अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार यस्तो चिसो पानीमा शरीरबाट तातो चाँडै निस्कन्छ, जसका कारण पहिलो मिनेटमै चिसो पानीको झट्का लाग्न सक्छ। १० मिनेटभित्र मांसपेशीले नियन्त्रण गुमाउन सक्छ र हाइपोथर्मिया (कम तापक्रमको कारणले गर्दा न्यानो हुन नसक्नु) २० देखि ३० मिनेटभित्र हुन सक्छ। पानीमा प्रवेश गरेको केही समयपछि नै शरीर जम्न थाल्छ।

कसरी भयो दुर्घटना?

अमेरिकन इगल फ्लाइट ५३४२ विमान विमानस्थलमा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको थियो। पछाडिबाट आउँदै गरेको अमेरिकी सेनाको ब्ल्याकहक हेलिकप्टर विमानसँग ठोकियो। यसपछि दुवै पोटोम्याक नदीमा खसे। विमानसँग ठोकिएको हेलिकप्टर सिरोस्की एच-६० थियो।

रिपोर्टअनुसार विमान सानो यात्रुवाहक विमान थियो, जसमा ६५ जना बस्न सक्ने क्षमता थियो। दुर्घटनाका बेला विमानमा चालक दलका सदस्यसहित ६४ जना रहेको बताइएको छ। विमान कान्सासबाट वासिङ्टन आउँदै थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह