2026-09-27 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

क्यारेबियनमा ७.६ म्याग्निच्युडको भूकम्प

एजेन्सी | क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिबार बताएका छन्। भूकम्पका कारण कारण सुनामी चेतावनी जारी गरिएको तर पछि हटाइएको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प कम गहिराइमा गएको थियो।

‘उपलब्ध सबै तथ्याङ्कका आधारमा यस भूकम्पबाट सुनामीको खतरा टरेको छ र थप कुनै खतरा छैन’, अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ।

यसअघि सुनामी चेतावनी प्रणालीले क्युबाका केही तटीय क्षेत्रमा करिब १० फिट (तीन मिटर) सम्मका छालहरू आउन सक्ने र होन्डुरस र क्यामन आइल्यान्डमा तीन फिटसम्मका छालहरू आउन सक्ने बताएको थियो।

क्यामन आइल्यान्ड सरकारले आफ्नो वेबसाइटमा सन्देश दिँदै तटीय क्षेत्रका बासिन्दाहरूलाई आन्तरिक भागतर्फ सर्न चेतावनी दिएको थियो।

प्रारम्भिक सुनामी खतरा चेतावनीमा एक दर्जनभन्दा बढी देश समावेश थिए।

भूकम्प गएको करिब तीन घन्टापछि अमेरिकी अधिकारीहरूले ३० सेन्टिमिटर (११.८ इन्च) सम्मको ‘सामान्य समुद्री सतह उतारचढाव’ हुनसक्ने चेतावनी दिएका थिए तर कुनै गम्भीर खतरा टरिसकेको जनाएका छन्।

मेक्सिकोको पूर्वी तटमा रहेको इस्ला मुजेरेसमा सुनामी मापन गेजले भूकम्पपछि अधिकतम चार सेन्टिमिटर (०.१ फिट) को उचाइ भएको लहर मापन गरेको अमेरिकी सुनामी चेतावनी केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह