2026-09-27 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते

एजेन्सी । उत्तर प्रदेशको प्रयागराजमा रहेको महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ | भने दुर्घटनामा १९ जना भक्तजन घाइते भएका छन् ।

दुर्घटना शनिबार राति करिब २ बजे प्रयागराज-मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा भएको हो। प्रहरीका अनुसार महाकुम्भ मेलामा स्नान गर्न गइरहेका बोलेरो र संगममा स्नान गरेर वाराणसी फर्किरहेका बस एकअपसमा ठोक्किँदा दुर्घटना भएको जनाए |

मृत्यु हुने सबै श्रद्धालुहरू बोलेरोको यात्रु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । अर्कोतर्फ बसमा सवार १९ जना पनि दुर्घटनामा घाइते भएका छन् । यी मानिसहरू संगममा स्नान गरेर वाराणसी फर्किरहेका थिए। बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन् ।

घटनाको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो । घाइतेहरूलाई तत्काल उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ। गम्भीर घाइतेहरूलाई जिल्ला अस्पताल पठाइएको छ।

स्थानीय र बटुवाहरूले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले मृतकको शव पोस्टमार्टमको लागि पठाएको छ। घटनाको कारणको बारेमा अनुसन्धान सुरु गरिएको बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह