एजेन्सी | क्यानडाको टोरन्टो विमानस्थलमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ ।
बीबीसीका अनुसार यो दुर्घटनामा करिब १५ जना घाइते भएका छन् र तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
विमानस्थलका अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार घाइते तीन जनाको अवस्था गम्भीर छ । घाइते एक बच्चा, ४० वर्षीया महिला र अर्को एक ६० वर्षीय पुरुष रहेको बिबिसीले जनाएको छ ।
डेल्टा एयरलाइन्सको ४८१९ नम्बर विमान स्थानीय समय अनुसार पौने ३ मा अवतरण भएको हो । सो घटनाको कारण अझै पत्ता लागेको छैन । विमानलमा ७६ यात्रु तथा चालक दलका ४ गरी ८० जना सवार थिए ।
दुर्घटनाग्रस्त विमानमा २२ जना क्यानडाका र अन्य विदेशी यात्रु सवार भएको समाचारमा उल्लेख छ ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार मिनेसोटाबाट डेल्टा उडानमा सवार सबै ८० जनाको उद्धार भएको छ । विमान पल्टिएपछि अग्नि नियन्त्रकद्वारा आगो निभाइएको थियो भने आगो लाग्दै गर्दा यात्रुहरु बाहिर निस्किरहेको देखिएको थियो ।
विमान अमेरिकाबाट क्यानडा गएको हो । प्रहरीले धरै जसो यात्रु सकुशल भएको बताएको छ ।