१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बोलिभियामा दुईटा यात्रुवाहक बस ठोक्किएपछि ६ विदेशीसहित ३७ जनाको मृत्यु

१८ फाल्गुन २०८१, आईतवार १४:१४

एजेन्सी | बोलिभियाको दक्षिणी भागमा शनिबार राजमार्गमा दुई यात्रुवाहक बस ठोक्किँदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । यो यस वर्ष हालसम्मकै सबैभन्दा खराब बस दुर्घटना हो ।

पोटोसी विभागमा उयुनी सहर नजिकै भएको दुर्घटनाबारे कर्नेल विलसन फ्लोरेसले भने, ‘हालसम्म हामीले ३७ मृत्युको पुष्टि गरेका छौं ।’ अन्य ४१ जना घाइते भएका र उनीहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । मारिनेमा पाँच पेरुभियाली र तीन वर्षीया जर्मन बालिकासहित छ जना विदेशी नागरिक थिए । अन्य सात नाबालकको पनि मृत्यु भएको छ । दुर्घटना शनिबार बिहानै एक साँघुरो दुईतर्फी सडकमा भएको थियो ।

यस सप्ताहन्तमा आयोजना हुने ओरुरो कार्निभलका लागि एउटा बस ओरुरो सहरतर्फ जाँदै थियो। ओरुरो कार्निभल दशौँ हजार मानिसलाई आकर्षित गर्ने ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो उत्सव हरू मध्ये एक हो । पोटोसी अभियोजक गोन्जालो अपारिसियोले राज्य–सञ्चालित समाचार एजेन्सी एबिआईलाई एक बसका चालकले मदिरा सेवन गरेको र तीव्र गतिमा विपरीत लेनमा पुगेर आउँदै गरेको सवारीसँग ठोक्किएको बताए । ‘हालसम्म थाहा भएअनुसार एक बसका चालक मादक पदार्थको प्रभावमा थिए’, उनले भने ।

यसअघि एक अधिकारीले गम्भीर अवस्थामा दुर्घटनाबाट बाँचेका एक चालकको ‘रक्सीको गन्ध’ भएको र त्यसैले रक्त परीक्षण गरिएको बताए । बोलिभियाका घुमाउरो पहाडी सडकहरू अत्यन्तै घातक मानिन्छन्। सरकारी तथ्याङ्कअनुसार करिब एक करोड २० लाख जनसंख्या भएको देशमा सडक दुर्घटनाबाट हरेक वर्ष औसत एक हजार चार सय जनाको मृत्यु हुने गरेको छ ।

बोलिभियन अब्जरभेटरी अफ सिटिजन सेक्युरिटीका अनुसार दक्षिण अमेरिकी यस देशमा मृत्यु भएका सबै ट्राफिक दुर्घटनाहरूको १०.६ प्रतिशत पोटोसीमा हुने गर्छ । प्रहरी प्रतिवेदनअनुसार शनिबारको ठक्करअघि यस वर्ष पोटोसीमा मात्र ६४ व्यक्तिको ट्राफिक दुर्घटनामा मृत्यु भएको थियो । दक्षिणी बोलिभियामा यात्रु बस आठ सय मिटर गहिरो खोलामा खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको दुई हप्ताभन्दा पनि कम समयमा शनिबारको दुर्घटना भएको हो ।

यो दुर्घटना पोटोसी र ओरुरो सहरबीचको एक साँघुरो दुईतर्फी सडकमा भएको थियो । यहाँ बाटो लगभग आधा माइल गहिरो खोँचको किनारैकिनार लगेको छ । अधिकारीहरूका अनुसार दुर्घटना सम्भवतः अति गतिका कारण भएको थियो र चालकले बसलाई नियन्त्रण गर्न सकेका थिएनन् । जनवरीमा पोटोसी नजिकैको सडकबाट बस पल्टिँदा थप उन्नाइस जनाको मृत्यु भएको थियो । त्यस दुर्घटनामा चालकलाई खतरनाक ड्राइभिङका कारण मृत्यु भएको शङ्कामा गिरफ्तार गरिएको थियो । एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव