२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बोलिभियामा दुईटा यात्रुवाहक बस ठोक्किएपछि ६ विदेशीसहित ३७ जनाको मृत्यु

२०८१, १८ फाल्गुन आईतवार १४:१४

एजेन्सी | बोलिभियाको दक्षिणी भागमा शनिबार राजमार्गमा दुई यात्रुवाहक बस ठोक्किँदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । यो यस वर्ष हालसम्मकै सबैभन्दा खराब बस दुर्घटना हो ।

पोटोसी विभागमा उयुनी सहर नजिकै भएको दुर्घटनाबारे कर्नेल विलसन फ्लोरेसले भने, ‘हालसम्म हामीले ३७ मृत्युको पुष्टि गरेका छौं ।’ अन्य ४१ जना घाइते भएका र उनीहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । मारिनेमा पाँच पेरुभियाली र तीन वर्षीया जर्मन बालिकासहित छ जना विदेशी नागरिक थिए । अन्य सात नाबालकको पनि मृत्यु भएको छ । दुर्घटना शनिबार बिहानै एक साँघुरो दुईतर्फी सडकमा भएको थियो ।

यस सप्ताहन्तमा आयोजना हुने ओरुरो कार्निभलका लागि एउटा बस ओरुरो सहरतर्फ जाँदै थियो। ओरुरो कार्निभल दशौँ हजार मानिसलाई आकर्षित गर्ने ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो उत्सव हरू मध्ये एक हो । पोटोसी अभियोजक गोन्जालो अपारिसियोले राज्य–सञ्चालित समाचार एजेन्सी एबिआईलाई एक बसका चालकले मदिरा सेवन गरेको र तीव्र गतिमा विपरीत लेनमा पुगेर आउँदै गरेको सवारीसँग ठोक्किएको बताए । ‘हालसम्म थाहा भएअनुसार एक बसका चालक मादक पदार्थको प्रभावमा थिए’, उनले भने ।

यसअघि एक अधिकारीले गम्भीर अवस्थामा दुर्घटनाबाट बाँचेका एक चालकको ‘रक्सीको गन्ध’ भएको र त्यसैले रक्त परीक्षण गरिएको बताए । बोलिभियाका घुमाउरो पहाडी सडकहरू अत्यन्तै घातक मानिन्छन्। सरकारी तथ्याङ्कअनुसार करिब एक करोड २० लाख जनसंख्या भएको देशमा सडक दुर्घटनाबाट हरेक वर्ष औसत एक हजार चार सय जनाको मृत्यु हुने गरेको छ ।

बोलिभियन अब्जरभेटरी अफ सिटिजन सेक्युरिटीका अनुसार दक्षिण अमेरिकी यस देशमा मृत्यु भएका सबै ट्राफिक दुर्घटनाहरूको १०.६ प्रतिशत पोटोसीमा हुने गर्छ । प्रहरी प्रतिवेदनअनुसार शनिबारको ठक्करअघि यस वर्ष पोटोसीमा मात्र ६४ व्यक्तिको ट्राफिक दुर्घटनामा मृत्यु भएको थियो । दक्षिणी बोलिभियामा यात्रु बस आठ सय मिटर गहिरो खोलामा खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको दुई हप्ताभन्दा पनि कम समयमा शनिबारको दुर्घटना भएको हो ।

यो दुर्घटना पोटोसी र ओरुरो सहरबीचको एक साँघुरो दुईतर्फी सडकमा भएको थियो । यहाँ बाटो लगभग आधा माइल गहिरो खोँचको किनारैकिनार लगेको छ । अधिकारीहरूका अनुसार दुर्घटना सम्भवतः अति गतिका कारण भएको थियो र चालकले बसलाई नियन्त्रण गर्न सकेका थिएनन् । जनवरीमा पोटोसी नजिकैको सडकबाट बस पल्टिँदा थप उन्नाइस जनाको मृत्यु भएको थियो । त्यस दुर्घटनामा चालकलाई खतरनाक ड्राइभिङका कारण मृत्यु भएको शङ्कामा गिरफ्तार गरिएको थियो । एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार