Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त

२०८१, १ चैत्र शुक्रबार १५:४४

एजेन्सी | रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न तयार रहेको बताएका छन्।

पुटिनले संयुक्त राज्य अमेरिकासँगको वार्तामा युक्रेनले मङ्गलबार संयुक्त राज्य अमेरिकासँगको वार्तामा सहमति जनाएको यस योजनामा आफ्नो पहिलो टिप्पणी राख्दै  भने, “म प्रस्तावित युद्धविरामको ‘पक्षमा’ छु तर ‘त्यहाँ सूक्ष्मताहरू छन्’ र यसले कसरी काम गर्नेछ भन्ने बारेमा ‘गम्भीर प्रश्नहरू’ उठाएको छ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको टिप्पणीलाई ‘धेरै तोडमोड’ गरिएको अभिव्यक्तिका रूपमा निन्दा गरे। उनले भने, “गत रातिको आफ्नो सम्बोधनबाट पुटिनले ‘वास्तवमा प्रस्तावलाई अस्वीकार गर्ने तयारी गरिरहनुभएको बुझिन्छ तर यसलाई ‘अमेरिकी राष्ट्रपति ट्रम्प’ समक्ष व्यक्त गर्न चाहनुहुन्न।  वास्तवमा, उहाँ (पुटिन) यो युद्ध जारी राख्न चाहनुहुन्छ।”

संयुक्त राज्य अमेरिकाले रूसलाई बिना कुनै शर्त युद्धविराममा सहमत हुन आह्वान गरेको छ। तर पुटिनले धेरै आपत्तिहरू उठाउँदै भने, “मलाई लाग्छ कि हामीले हाम्रा अमेरिकी सहकर्मीहरूसँग कुरा गर्न आवश्यक छ। सम्भवतः ती कुराबारे उहाँहरूले राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुरा गर्नु छलफल गर्नु उचित होला।”

पुटिनले युद्धविराम ‘सही विचार’ भएको तर यो प्रस्तावले युक्रेनलाई फाइदा पुर्‍याउने बताएका छन्। रूसले द्रुत गतिमा आफ्नो भूमि कब्जा गरिरहेको र युक्रेनका सैनिकहरूले धक्का खेपिरहेको वेला हजारौँ किलोमिटर लामो युद्धको अग्र भागमा युद्धविरामको अनुगमन कसरी गर्ने भनेर पनि प्रश्न गरे।  ट्रम्पले पुटिनको वक्तव्य ‘आशाजनक’ तर ‘पूर्ण नभएको’ उल्लेख गरेका छन्।

“वास्तवमा अन्तिम सम्झौताको धेरै विवरणहरू छलफल गरिएको छ। अब हामी रूस त्यहाँ छ कि छैन भनेर हेर्न गइरहेका छौं र यदि छैन भने यो विश्वका लागि निकै निराशाजनक क्षण हुनेछ,” ट्रम्पले भने।

उनले थप्दै भने, “म उहाँसँग भेट्न वा उहाँसँग कुरा गर्न चाहन्छु। हामीले युद्धविराम वार्तालाई छिटो टुङ्ग्याउनुपर्छ।”

बुधबार कुर्स्क क्षेत्रमा रहेको सैनिक मुख्यालयको भ्रमणपछि रूसी राष्ट्रपति पुटिनले युक्रेनविरुद्ध आफ्ना सेनाले गरेको प्रगतिको प्रशंसा गर्दै उनीहरू अग्रपङ्क्तिका ’व्यावहारिक सबै क्षेत्रमा अघि बढिरहेको’ बताएका छन्।

उनले भने, “स्थलगत अवस्था कसरी विकसित हुन्छ, त्यसको आधारमा हामी द्वन्द्व अन्त्य गर्ने र सबैलाई स्वीकार्य हुने सम्झौतामा पुग्ने अर्को कदममा सहमत हुनेछौँ।”

ट्रम्पले तीन वर्षभन्दा लामो द्वन्द्वको शीघ्र अन्त्यका लागि जोड दिइरहेका बेला उनका दूत स्टिभ विटकोफ उक्त योजनाबारे छलफल गर्न बिहीबार मस्को पुगेका थिए।

क्रेमलिनका एक उच्च सहयोगी युरी उशाकोभले राष्ट्रपति पुटिनले ‘सङ्केत’ दिएपछि विटकोफले पुटिनलाई भेट्ने बताए।

रूस एक वर्षभन्दा बढी समयदेखि युद्धभूमिमा अघि बढिरहेको छ। बिहीबार युक्रेनी सेनालाई रूसको कुर्स्क क्षेत्रको सुद्जा शहरबाट लखेटेको दाबी गरेको छ।

मस्कोले युद्धभूमिमा अग्रता हासिल गरे पनि आफ्नो टोलीले युद्धविराम गर्न सक्नेमा आशावादी रहेको राष्ट्रपति ट्रम्पको आशा छ।

‘दीर्घकालिक शान्ति’
पुटिनले बिहीबार भने, “हामी शत्रुता अन्त्य गर्ने प्रस्तावमा सहमत छौँ, तर युद्धको समाप्तिले दीर्घकालीन शान्ति कायम गर्नेछ र सङ्कटको मूल कारणलाई सम्बोधन गर्नेछ भन्न आधार तय हुनु जरूरी छ।”

रूसले युक्रेनमा विदेशी शान्ति सैनिकलाई युद्धविराम वा किभका लागि दीर्घकालीन सुरक्षा प्रत्याभूतिका रुपमा स्वीकार गर्न अस्वीकार गरिसकेको छ।

रूसको यो अडान युक्रेनले युरोपेली मित्रराष्ट्रहरूलाई रूसबाट भविष्यमा हुने आक्रमणबाट बच्न द्वन्द्व समाप्त भएपछि आफ्नो भूभागमा सैन्य ‘टुकडी’ तैनाथ गर्न गरेको अनुरोधविपरीत हुन सक्छ।

रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भने, “अन्य देशका सेनालाई कुनै पनि झण्डामुनि युक्रेनमा तैनाथ गर्नु हाम्रा लागि बिल्कुलै अस्वीकार्य छ। चाहे त्यो विदेशी दस्ता होस् वा सैन्य शिविर किनकि, यसको अर्थ हाम्रो देशसँग प्रत्यक्ष सशस्त्र द्वन्द्वमा यी देशहरूको संलग्नता हुनेछ।”

कुर्स्कका लागि लडाइँ
यसैबीच किभले गत अगस्टमा सीमानामा रहेको रूसी क्षेत्र कुर्स्कलाई नियन्त्रणलाई लिएको भएपनि अहिले त्यहाँ रूसी सेनाले तीव्र गतिले आफ्नो क्षेत्रलाई फिर्ता लिएको दाबी गरेको छ।

रूसी रक्षा मन्त्रालयले सुद्जासहित सीमा क्षेत्रका अन्य दुई बस्तीलाई ‘मुक्त’ गरेको जनाएको छ। युद्ध अघि करिब पाँच हजार मानिसको बसोबास रहेको सुदझा किभले रूसी क्षेत्रमा आक्रमण सुरु गरेपछि कब्जा गरिएको सबैभन्दा ठूलो बस्ती थियो।

रूसले सन् २०१४ मा क्रिमियाकब्जा गरेयता युक्रेनको पाँचौं भागको एक भाग कब्जा गरेको र सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा जल, स्थल र हवाइ आक्रमण सुरु गरेको रूससँग जमिन आदानप्रदान गर्न कुर्स्क क्षेत्र युक्रेनका लागि केही ‘बार्गेनिङ’को आधारमध्ये एक हो।

गत हप्ता दर्जनौं वर्ग किलोमिटर युक्रेनी क्षेत्र रूसले कब्जा गरेपछि अब सीमा क्षेत्रमा युक्रेनको आफ्नो पकड पूर्णरूपमा गुम्ने खतरा रहेको सैन्य ब्लगरहरूले बताएका छन्।

युक्रेनको सुमी क्षेत्रको सैन्य प्रशासनले बिहीबार फेसबुकमा भनेको छ, “कुर्स्कसँगको सीमा नजिकका आठ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न आदेश दिइएको छ।”

अमेरिकाले युक्रेनका लागि गुप्तचर सूचना आदानप्रदान र सुरक्षा सहयोग रोकेपछि यस क्षेत्रमा मस्कोको तीव्र प्रगति भएको हो, यद्यपि विश्लेषक र अधिकारीहरूले प्रत्यक्ष सम्बन्ध नबनाउन चेतावनी दिएका छन्।

वासिङ्टनले मस्कोसँगको वार्ताअघि किभलाई समर्थन गर्न थालेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली