१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए

५ चैत्र २०८१, मंगलवार १४:४९

काठमाडौँ | इजरायली सेनाले गाजामा भीषण आक्रमण गरेको छ । इजरायल र विद्रोही हमासबीच भएको युद्ध विरामपछि यो सबैभन्दा ठूलो आक्रमण हो ।

जनवरी १९ बाट सुरु भएको युद्ध विरामपछिको अहिलेसम्मकै ठूलो भनिएको कारबाहीमा सयौं प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले गाजा क्षेत्रमा आफ्ना तर्फबाट ठूलो आक्रमण भइरहेको जनाएको छ ।

बीबीसीको हिन्दी अनलाइन संस्करणले हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आक्रमणमा परी कम्तिमा पनि ३३० प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।

यसअघि इजरायल डिफेन्स फोर्सले विद्रोही हमासको लडाकुहरूका गतिविधि भइरहेका स्थानमा आक्रमण सुरु गरिएको बताएको थियो । सोही आक्रमणका क्रममा गाजाका आन्तरिक मामिला उपमन्त्रीसमेत रहेका हमासका सैन्य कमान्डर महमुद अबु वफाह मारिएको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा खबर छ ।

गाजाका प्रत्यक्षदर्शीहरूले मानिसहरू खाना खाइरहेको समयमा आक्रमण भएको बताएका छन् । उनीहरूले आकाशमा २० भन्दा बढी इजरायली लडाकु विमान देखेको पनि जानकारी दिएका छन् ।

ती विमाहरूले गाजा सहर, रफाह र खान युनिसमा एकाएक आक्रमण गरेको बताइएको छ । इजरायलको प्रधानमन्त्री कार्यालयबाट जारी बयानका अनुसार  प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले मंगलवार बिहान गाजा क्षेत्रमा आक्रमणका लागि आदेश दिएका थिए ।

बयानमा भनिएको छ, ‘यो आक्रमण हमासद्वारा हाम्रा बन्धकहरू मुक्त गर्न लगातार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कफ र अन्य मध्यस्थकर्ताद्वारा दिइएको प्रस्ताव खारेज गरेपछि गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे बारपाकीले बिर्सन नसकेका भूकम्प पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक मोटरसाइकलको ठक्करबाट एकको मृत्यु चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण