2026-10-23 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेसीले विश्वकप छनोटका दुई खेल गुमाउने

एजेन्सी | अर्जेन्टिनी विश्वकप विजेता कप्तान लिओनल मेसीले विश्वकप छनोटको खेल गुमाउने भएका छन्।

विश्वकप छनोटको खेलका लागि उनले ब्राजिल र उरुग्वे विरुद्धको खेल गुमाउने भएका हुन्। सोमबार प्रशिक्षक लिओनल स्कोलोनीले घोषणा गरेको २६ सदस्यीय टिममा मेसीको नाम छैन।

उनी ग्रोइन समस्या(देब्रे तिघ्राको समस्या)का कारण इन्टर मियामीको पछिल्ला ३ खेल गुमाएपश्चात उनको नाम अर्जेन्टिनी टिममा नराखिएको हो। उनले कति समयपछि खेलमा फकर्ने भन्ने कुरा उनको चोट रिकोभरीमा भर पर्ने मियामीले बताएको छ।

मेसीसँगै अर्जेन्टिनी टिमबाट पाउलो डिबाला, गोन्जालो मोन्टिएल र जियाभानी लो सोल्सो पनि चोटका कारण टिमबाट बाहिर छन्। अर्जेन्टिनाले विश्वकप छनोटको १२ खेलबाट २५ अंक जोडेको छ। अर्जेन्टिनाले बाँकी २ खेलमा जित हासिल गरेमा विश्वकप २०२६ मा छनोट हुन सक्छ।

अर्जेन्टिनाले २१ मार्चमा उरुग्वेसँग र २५ मार्चमा ब्राजिलसँग विश्वकप छनोट अन्तर्गतको खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ