१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अन्तरिक्षमा फसेका यात्री ९ महिनापछि पृथ्वीमा फर्किए

६ चैत्र २०८१, बुधबार १३:५३

काठमाडौँ | अन्तरिक्षमा ९ महिनाको अनपेक्षित बसाइपछि नासाका एक जोडी अन्तरिक्ष यात्री अमेरिकी समय अनुसार मङ्गलबार साँझ पृथ्वीमा फर्किएका छन् । अन्तरिक्षको ८ महिनाको बसाइपछि विल्मोर र सुनी विलियम्स पृथ्वीमा फर्किएका हुन् ।

विल्मोर र विलियम्सलाई लिएर अमेरिकी अन्तरिक्ष यात्री निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ स्पेसएक्स अन्तरिक्षयानमा अमेरिकाको फ्लोरिडा तटमा मङ्गलबार साँझ ५:५७ बजे अवतरण गरेका हुन् ।

चालक दलका बाँकी सदस्यसँग अन्तिम बिदाइ र आलिङ्गनपछि अन्तरिक्षबाट बिदा भएका उनीहरू करिब १७ घण्टापछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट छुटेका थिए ।

अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट १० यात्रीसहित आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको थियो भने उक्त समूहमा गएका आठ अन्तरिक्ष यात्री नासाको विशेष मिसनका लागि अन्तरिक्षमा नै रही अनुसन्धान जारी राख्नेछन् ।

यो लगभग ६ महिनाको अन्तरिक्ष यात्रीहरूको लागि मानक आईएसएस रोटेशन भन्दा धेरै लामो भएको छ तर यो सन् २०२३ मा नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेशनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा छोटो हो ।

नासाको अन्तरिक्ष सञ्चालन मिसन डाइरेक्टर्सका डेपुटी एसोसिएट एडमिनिस्ट्रेटर जोएल मोन्टाल्बानोका अनुसार सुनीता र बुचले ९०० घण्टा आईएसएसमा अनुसन्धान गर्नुका साथै १५० भन्दा बढी वैज्ञानिक प्रयोग गरेका थिए ।

उनले नासाका अन्तरिक्ष यात्रीहरूको प्रयोगलाई ‘राष्ट्रका लागि फाइदाजनक’ भन्दै यस दशकको अन्त्यसम्ममा मङ्गल ग्रहमा मानव अवतरण गर्ने नासाको लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे बारपाकीले बिर्सन नसकेका भूकम्प पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक मोटरसाइकलको ठक्करबाट एकको मृत्यु चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण