2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप-२०२६ मा छनोट हुने पहिलो राष्ट्र बन्यो जापान

काठमाडौँ | सन् २०२६ को विश्वकप फुटबलमा छनोट हुने जापान पहिलो राष्ट्र बनेको छ।

बिहीबार बहराइनलाई २–० ले हराउँदै जापानले विश्वकपमा स्थान पक्का गरेको हो।

दोस्रो हाफमा क्रिस्टल प्यालेसका दाइची कामाडा र रियल सोसिडाडका टेकफुसा कुबोले गोल गरेपछि जापानले एसिया छनोटमा तीन खेल बाँकी रहँदै आफूलाई विश्वकपमा सुरक्षित गरेको हो।

क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकका रूपमा अर्को वर्ष हुने विश्वकप खेल्नेछन्। तर छनोट खेल पार गर्ने देश भने जापान नै पहिलो हो।

एसिया छनोटमा छनोटमा १८ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहका शीर्ष दुई टोली विश्वकपका लागि छनोट हुनेछन्।

प्रत्येक समूहमा तेस्रो र चौथो स्थानमा पुग्ने टोली चौथो चरणमा भिड्नेछन्।

जापान सन् २०२२ को विश्वकपमा अन्तिम १६ मा पुगेको थियो। अन्तिम १६ मा क्रोएसियासँग पेनाल्टीमा पराजित भएको थियो।

दोस्रो स्थानमा रहेको अष्ट्रेलियाले इन्डोनेसियालाई ५–१ ले हराएको छ। अष्ट्रेलिया जापानभन्दा ९ अंकले पछि छ।

युरोपेली छनोट यसै साता सुरु हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई