2026-09-26 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुशान्तको मृत्यु प्रकरण: सीबीआईले बुझायो अन्तिम प्रतिवेदन

काठमाडौँ | चर्चित भारतीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले अन्तिम प्रतिवेदन तयार गरेको छ।

रातपूतको मृत्यु प्रकरणमा चार वर्ष ६ महिना १५ दिनपछि सीबीआईले अन्तिम प्रतिवेदन रिपोर्ट मुम्बईको विशेष अदालतमा बुझाएको हो।

सीआईबीको अनुसन्धानले सुशान्तलाई आत्महत्या गर्न उक्साएको कुनै प्रमाण नभेटिएको उल्लेख गरेको छ। साथै सुशान्तकी प्रेमिका रिया चक्रवतीलाई यस मुद्दामा क्लिन चिट दिएको पनि भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।


१४ जुन २०२० मा सुशान्त बान्द्रास्थित आफ्नै घरमा मृत फेला परेका थिए। मिडिया र विपक्षी दलहरूको दबाबका कारण यस मुद्दाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो। अब सीबीआईको अन्तिम रिपोर्टमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको छ।

यस मुद्दामा सुशान्तकी प्रेमिका रियाले २७ दिन जेलमा बस्नुपरेको थियो। सीबीआईको अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि, रियाका वकिल सतीश मानेशिन्देले एक विज्ञप्ति जारी गर्दै यस मुद्दामा धेरै झूटा कथाहरू बनाइएको बताए।

सुशान्तका बुबा केके सिंहले रिया चक्रवर्तीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन, ठगी र मनी लन्ड्रिङको आरोप लगाउँदै उजुरी दिएका थिए। रियाले पनि सुशान्तको परिवारमाथि मानसिक उत्पीडनको आरोप लगाएकी थिइन्।

सुशान्तको मृत्यु हुनुभन्दा केही दिनअघि उनकी म्यानेजर दिशा सालियनको मुम्बईको मलाडमा रहेको एक भवनको १४ औं तलाबाट खसेर मृत्यु भएको थियो। यी दुवै मृत्युलाई शंकास्पद मानिएको थियो। अब यो प्रतिवेदन स्वीकृत गर्ने वा थप अनुसन्धानको आदेश दिने भन्ने निर्णय अदालतले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह