2026-09-26 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा

अमेरिकाको मेनमा एउटा दुःखद घटना घटेको छ । एक छोराले आफ्नै आमाको गोली हानी हत्या गरेका छन् । यस गोलीबारीको घटनामा युवकको आमा र अन्य एक महिलाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएको बताइएको छ । प्रहरीका अनुसार २९ वर्षीय एक पुरुष जेम्स डेभिस तृतीयले आफ्नी आमाको गोली हानेर हत्या गरे ।

घटनाको समयमा ४७ वर्षीय क्रिष्टिन स्मिथले कार चलाइरहेकी थिइन् । कारबाट निस्केर युवकले सडकमा गुडिरहेका अन्य सवारी साधन माथि जथाभाबी गोली हान्न थाले । यस क्रममा सोही सडक भएर कार चलाउँदै गइरहेकी ५३ वर्षकी क्याथरिन विलियम्सलाई पनि गोली लाग्यो । अस्पताल पुराउँदासम्म विलियम्सको मृत्यु भइसकेको थियो ।

युवकले हानेको गोली लागेर छुट्टा छुट्टै सवारी साधन चलाइरहेका एक जना १९ वर्षिक युवक र ३५ वर्षीय पुरुष घाइते भएको प्रहरीले बताएको छ । यी दुवैको अवस्था गम्भीर नभएको बताइएको छ ।

यसपछि डेभिसले आफैँमाथि गोली हाने । डेभिसको मृत्यु भएको बताइएको छ । प्रहरीले यस घटनाबारे छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह