१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि भिसामा प्रतिबन्ध लगायो

२५ चैत्र २०८१, सोमबार १५:१३

साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ । आगामी हज यात्रालाई व्यवस्थित र सुरक्षित बनाउन साउदी अरेबियाले १४ देशका नागरिकलाई अस्थायी रूपमा भिसा रोक लगाउने निर्णय गरेको हो ।

यो प्रतिबन्ध विशेषगरी उमराह तीर्थयात्रा, व्यापारिक भ्रमण तथा पारिवारिक भेटघाट प्रयोजनका लागि जारी गरिएका भिसामा लागू हुनेछ।साउदी गृहमन्त्रालयअन्तर्गतका अधिकारीहरूका अनुसार, अत्यधिक भीड नियन्त्रण गर्न र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो। प्रतिबन्ध आगामी जुन महिनाको मध्यसम्म लागू रहनेछ, जुन समयसम्म हज यात्रा सकिने अनुमान गरिएको छ।

सन् २०२४ मा भएको हज यात्रामा गर्मी र व्यवस्थापनको चुनौतीका कारण १,२०० भन्दा बढी तीर्थयात्रीले ज्यान गुमाएका थिए। तीमध्ये धेरै जना अनधिकृत यात्रु रहेको साउदी अधिकारीहरूले जानकारी दिएका छन्। यस्ता घटनालाई दोहोरिन नदिन साउदी सरकारले उमराह भिसालाई समेत समयमै नियन्त्रण गर्ने रणनीति अघि सारेको हो।

कुन–कुन देशमा लाग्यो प्रतिबन्ध ?
– भारत
– पाकिस्तान
– बंगलादेश
– इथियोपिया
– अल्जेरिया
– इन्डोनेसिया
– इराक
– जोर्डन
– नाइजेरिया
– इजिप्ट
– सुडान
– ट्युनिसिया
– यमन
– मोरोक्को

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव