2026-09-06 07:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन

काठमाडौँ | जम्मू–कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको विरोधमा शुक्रबार दिल्लीका व्यापारीहरूले ’दिल्ली बन्द’ को आह्वान गरेका छन् । यसका कारण राजधानीका विभिन्न बजारहरू बन्द रहेका छन् ।

भारतभर विभिन्न शहरहरूमा नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै आक्रमणको विरोध जनाएका छन् । ओडिसाको भुवनेश्वरमा भारतीय जनता पार्टी (भाजपा) युवा मोर्चाले बिहीबार साँझ प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा सहभागी भाजपा ओडिसा प्रदेश अध्यक्ष मनमोहन सामलले सरकारले आतङ्कवादको अन्त्यका लागि दृढ प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो ।
काश्मीरको अनन्तनागमा सरकारी विद्यालय ‘स्यामस’ का विद्यार्थीहरूले शान्तिपूर्ण पदयात्रा गर्दै आक्रमणको विरोध जनाए । चण्डीगढ़मा नागरिकहरू प्लेकार्डसहित भेला भई न्यायको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए ।

उत्तर प्रदेशको अयोध्यामा मृतकहरूको आत्माको शान्तिका लागि दिप प्रज्वलन गरिएको थियो। दिल्लीको प्रसिद्ध खान मार्केटमा पनि व्यापारी सङ्घले श्रद्धाञ्जलिस्वरूप दिप प्रज्वलन कार्यक्रम आयोजना ग¥यो ।

यसैगरी, मध्य प्रदेशको भोपालमा भाजपा नेता तथा कार्यकर्ताहरूले श्रद्धाञ्जली सभा आयोजना गरे, जसमा पार्टीका प्रदेश अध्यक्ष तथा सांसद वीडी शर्मा सहभागी हुनुहुन्थ्यो। उहाँले आतङ्कवाद विरुद्ध सिङ्गो देश एकजुट भएको बताउँदै आतंककारीहरूलाई नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गएको साता पहलगाममा भएको सो आक्रमणमा २५ जना भारतीय र एक जना नेपाली नागरिकको ज्यान गएको थियो, जबकि अन्य धेरै घाइते भएका थिए । यसअघि सन् २०१९ मा पुलवामा आक्रमणमा ४० जना सीआरपीएफ जवानको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ