2026-09-26 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०२४ मा विकासमा ‘अस्थिर’ मन्दीको चेतावनी

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायतामा नाटकीय रूपमा कटौती गर्नुभन्दा धेरै अघि नै विश्वव्यापी महामारीपछिको पुनरुत्थान शक्ति गुमाउन थालेपछि, मानवताले सन् २०२४ मा विकासमा अप्रत्याशित र ‘अस्थिर’ मन्दी दर्ता गरेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिएको छ ।

जीवनस्तर, स्वास्थ्य र शिक्षाको मापन गर्ने संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडिआई) अनुसार सन् २०२३ सम्ममा विश्व कोभिड–१९ महामारीको आघातबाट बाहिर आएको थियो ।

तर मङ्गलबार जारी गरिएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को वार्षिक प्रतिवेदनअनुसार त्यो पुनरुत्थानले गति गुमाउँदै गरेको देखिन्छ ।

“यदि त्यो ‘अस्थिर’ मन्दी नयाँ सामान्य बन्यो भने सन् २०३० सम्ममा मानव विकासको स्तर हासिल गर्ने आशा दशकौँसम्म तल झर्न सक्छ जसले हाम्रो विश्वलाई कम सुरक्षित, बढी विभाजित र आर्थिक र पारिस्थितिक आघातको जोखिममा पार्न सक्छ”, युएनडिपीका प्रमुख अचिम स्टेनरले चेतावनी दिनुभयो ।

हालै केही देशले घोषणा गरेको अन्तर्राष्ट्रिय सहायतामा गम्भीर कटौती – विशेष गरी संयुक्त राज्य अमेरिकामा, जहाँ ट्रम्पले कार्यक्रमहरू कटौती गर्नुभएको छ र मुलुकको मुख्य विदेशी विकास शाखा युएसएआइडी (युएसएड) लाई विघटन गर्नुभएको छ– ले यस समस्यालाई अझ बढाउने स्टेनरले एएफपीलाई एक अन्तर्वार्तामा बताउनुभयो ।

“यदि धनी देशहरूले विकासका लागि कोष दिन रोके भने, यसले अन्ततः अर्थतन्त्र, समाजलाई असर पार्नेछ र मलाई लाग्छ यसले मानव विकास सूचकाङ्क, कम आयु, घट्दो आय, थप द्वन्द्वको रेखामा एक वा दुई वर्ष तल पनि दर्ता गर्नेछ”, उहाँले भन्नुभयो ।

युएनडिपी विशेषज्ञहरू अझै सन् २०२४ मा देखिएको मन्दीको अन्तर्निहित कारणहरूबारे निश्चित छैनन् ।

तर उनीहरूले कम आयुमा प्रगतिको कमीलाई एक प्रमुख कारक पहिचान गरेका छन्, जुन कोभिडको दुष्प्रभावसँग वा विश्वभर बढ्दै गएका युद्धहरूसँग जोडिएको हुन सक्छ ।

त्यहाँ आशाको सम्भावित झलक छः आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले विकास सुरु गर्ने अवस्था सिर्जना गर्न सक्ने युएनडिपीले सुझाव दिएको छ ।

“एआई व्यक्तिगत अर्थतन्त्रको विकास गर्न सम्भवतः सबैभन्दा ठूलो सम्भावित केन्द्रविन्दु हो, तर गरिब मानिसहरू, धनी मानिसहरू पनि फरक मार्गमा छन् । यसले हाम्रो जीवनको लगभग हरेक पक्षलाई परिवर्तन गर्नेछ”, स्टेनरले भन्नुभयो ।

यो मानिसहरूले कसरी प्रविधि प्रयोग गर्छन् भन्ने कुरामा निर्भर गर्ने प्रतिवेदनले जोड दिएको छ ।

प्रतिवेदनअनुसार जोखिमहरू छन्, गरीब देशहरूमा एआईको पहुँच धनी देशहरूमा जस्तो छैन र सांस्कृतिक पूर्वाग्रहले उपकरणहरू विकसित गर्ने तरिकालाई प्रभाव पार्न सक्छ ।

“तर हामी त्यो जोखिम कम गर्नाका लागि डिजाइन गर्न सक्छौँ”, उदाहरणका लागि चिकित्सा अनुसन्धानका लागि एआई प्रयोग गर्न बाधा हुनु हुँदैन भन्दै स्टेनरले भन्नुभयो ।

“भविष्य हाम्रो हातमा छ”, युएनडिपी प्रतिवेदनले भन्यो, “प्रविधि मानिसहरूको बारेमा हो, केवल वस्तुहरू मात्र होइन । आविष्कारको चमक–दमकभित्र महत्त्वपूर्ण छनोटहरू लुकेका छन्, थोरै वा धेरैले, जसको परिणामहरू पुस्तौँसम्म प्रतिध्वनित हुनेछन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह