2026-09-26 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साना विमानस्थलमा भएको इजरायली आक्रमणबाट ५० करोड अमेरिकी डलरको क्षति

यमनको हुथी नियन्त्रित राजधानी सानामा रहेको विमानस्थलमा इजरायलले गरेको आक्रमणले टर्मिनल भवनहरु ध्वस्त हुनुका साथै ५० करोड अमेरिकी डलरबराबरको क्षति भएको विमानस्थलका महानिर्देशकलाई उद्धृत गरी हुथी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

इजरायली आक्रमणमा ‘गम्भीर क्षति’ भएपछि विमानस्थलले अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान स्थगन गरेको निर्देशक खालिद अल शैफले बताउनुभएको छ ।

आइतबार तेल अभिभको बेन गुरियन विमानस्थल नजिकै हुथी क्षेप्यास्त्र प्रहार भएको बदलामा इजरायलले सानास्थित विमानस्थलमा आक्रमण गरेको थियो ।

“साना विमानस्थलमा इजरायली आक्रमणका कारण करिब ५० करोड अमेरिकी डलरको क्षति भएको छ,” विमानस्थलका महानिर्देशक खालिद अल शैफले यमनी विद्रोही निकट मानिने अल–मसिराह टेलिभिजनसँग बताउनुभयो ।

“शत्रुले साना विमानस्थलका टर्मिनलहरू ध्वस्त पारिदिएको छ, जसमा सबै उपकरण र सामग्रीहरू समावेश छन्,“ उहाँले भन्नुभयो, “गोदाम पनि ‘पूर्ण रूपमा भ्वस्त’ गरिएको छ।”

यमेनिया एयरवेजका तीन वटा विमान जलेको र छ वटामा आंशिक क्षति पुगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्थायी रुपमा विमानस्थल खोल्ने विकल्पहरु छन् र यसलाई पुनस्र्थापना गर्न र पुनः सञ्चालन गर्न हामीलाई लामो समय चाहिएको छ ।”

सन् २०२२ मा छ वर्षको अन्तरालपछि सानाको विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि पुनः खोलिएको थियो, जसले जोर्डनको राजधानी अम्मानलाई नियमित रूपमा यमनिया एयरलाइनमा नियमित सेवा प्रदान गरेको थियो।

सानाबाट उडान भर्नेहरूमा विदेशमा आपतकालीन उपचारको खोजीमा रहेका यमनीहरू पनि सामेल छन्।

हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले एएफपीसँग भन्नुभयो, “यो आक्रमणले ‘उपचारका लागि विदेश जानुपर्ने बिरामीका लागि मानवीय पीडा बढाउनेछ’ र स्वास्थ्य सामग्री ल्याउन कठिन हुन सक्छ।”

मङ्गलबार हुथी विद्रोही र संयुक्त राज्य अमेरिकाबीच युद्धविरामका लागि सहमति भएको र यसले रेड सीमा जहाजको स्वतन्त्रता सुनिश्चित गर्ने मध्यस्थ ओमानले जनाएको छ ।

घोषणा गरिएको सम्झौतामा इजरायलको बारेमा उल्लेख गरिएको छैन, हुथी विद्रोहीहरूले मङ्गलबारको आक्रमणको उचित जवाफ दिने बताएका छन् ।

हुथी विद्रोहीहरूले सन् २०२३ को अन्त्यदेखि रेड सी र एडेनको खाडीमा इजरायल र व्यापारिक जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह