2026-10-19 04:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्धविरामका लागि दिएको आदेश बिहीबारदेखि लागू भएको क्रेमलिनले जानकारी गराएको छ ।

युद्धविरामलाई रूसले शान्तिका लागि किएभको तत्परताको परीक्षण भएको बताएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र सर्बियाका अलेक्जेन्डर भुसिकसहितका विश्वका नेताहरू दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मनाइने कार्यक्रममा सहभागिता जनाउन मस्कोमा रहेका छन् ।

युक्रेनको सेनाले बिहीबार बिहानै पूर्वी सुमी क्षेत्रमा रुसी सेनाले हवाई आक्रमण गरेको बताए पनि रातभर अपेक्षाकृत शान्त देखिएको छ । किएभले कुनै पनि क्षति वा हताहतिको जानकारी दिएको छैन ।

रूसी नेता पुटिनले जर्म नाजीविरूद्ध मस्कोको विजय दिवस परेडको अवसर पारेर एकतर्फी रुपमा अस्थायी युद्धविराम गर्न आदेश दिनुभएको हो ।

यद्यपि, युक्रेनले यो युद्धविराम प्रस्तावमा सहमति जनाएको छैन । युक्रेनले यसलाई नाटकको संज्ञा दिँदै यो युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ र यसको सट्टा ३० दिनको युद्धविरामको आह्वान गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरीमा युक्रेनको सत्ता सम्हालेयता मस्कोले युक्रेनमाथि गरेको तीन वर्षे सैन्य आक्रमण अन्त्य गर्ने प्रयास गरे पनि दुई देशबीचको शत्रुता कम गर्न असफल देखिएका समय एकतर्फीरूपमा भएको युद्धविरामलाई पुटिनको रणनीतिका रूपमा अथ्र्याइएको छ ।

पुटिनको आदेश लागू हुनुभन्दा केही घण्टाअघि मस्को र किएभले हवाई आक्रमण गरेका छन् जसका कारण रुसी एक विमानस्थलमा सेवा अवरूद्ध भएको छभने युक्रेनमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।

रुसको पश्चिमी क्षेत्रमा रहेको निज्नी नोभगोरोड विमानस्थलमा ‘नागरिक र उडानको सुरक्षा सुनिश्चित गर्न’ बिहीबार बिहान करिब डेढ घण्टाका लागि बन्द गरिएको सङ्घीय हवाई यातायात निकायका प्रवक्ताले बताउनुभएको छ ।

क्रेमलिनले रुसी सेनाले पुटिनको आदेशलाई पालना गर्ने तर आक्रमण भएमा तुरुन्तै जवाफ दिने बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार साँझ आफ्नो सम्बोधनमा ३० दिने युद्धविरामका लागि आह्वान गर्नुभएको छ ।

“कूटनीतिलाई मौका दिन सक्ने यो (३० दिने युद्धविराम) प्रस्ताव हामीले फिर्ता लिएका छैनौँ। तर विश्वले रुसबाट कुनै प्रतिक्रिया देखिरहेको छैन,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ