४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानको हवाई रक्षा प्रणाली ध्वस्त पारेको भारतको दाबी

२५ बैशाख २०८२, बिहीबार १६:४८

काठमाडौँ । भारतले लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ । भारतको रक्षा मन्त्रालयका अनुसार सेनाले बिहीबार बिहान पाकिस्तानका धेरै स्थानहरूमा रहेको वायु रक्षा राडार र प्रणालीहरूलाई निशाना बनाएको हो। ‘विश्वसनीय जानकारी अनुसार’ लाहोरमा हवाई रक्षा प्रणाली नष्ट गरिएको मन्त्रालयले दाबी गरेको छ । भारतको रक्षा मन्त्रालयले बुधबार राति पाकिस्तानले ड्रोन र मिसाइल प्रयोग गरेर धेरै भारतीय सैन्य अड्डाहरूलाई निशाना बनाउने प्रयास गरेको पनि दाबी गरेको छ।

भारतको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘पाकिस्तानले ड्रोन प्रयोग गरेर अवन्तीपुरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, बठिंडा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुज लगायत उत्तरी र पश्चिमी भारतका धेरै सैन्य प्रतिष्ठानहरूमा आक्रमण गर्ने प्रयास गरेको छ।’ भारतको रक्षा मन्त्रालयले पाकिस्तानका यी आक्रमणहरूलाई एकीकृत काउन्टर यूएएस ग्रिड र वायु रक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको बताएको छ। ‘पाकिस्तानी ड्रोनका भग्नावशेषहरू अब धेरै स्थानहरूबाट बरामद भइरहेका छन् जसले आक्रमण पाकिस्तानले गरेको प्रमाणित गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतले मे ७ मा ‘अपरे;न सिन्दूर’ बारे पत्रकार सम्मेलनमा पाकिस्तानी सैन्य ठेगानाहरूलाई लक्षित नगरिएको भनेको थियो । भारतीय सैन्य प्रतिष्ठानहरूमा हुने कुनै पनि आक्रमणको उचित जवाफ दिइने कुरा पनि दोहोर्‍याइएको थियो। भारतको रक्षा मन्त्रालयअनुसार पाकिस्तानले जम्मू कश्मीरको कुपवाडा, बारामुल्ला, उरी, पुंछ, मेन्धर र राजौरी सेक्टरहरूमा नियन्त्रण रेखामा मोर्टार र भारी तोपखाना प्रयोग गरेर ‘बिना उक्साहट’ गोलाबारी गरेको छ।

मन्त्रालयले पाकिस्तानी गोलाबारीमा तीन महिला र पाँच बालबालिकासहित १६ निर्दोष व्यक्तिको मृत्यु भएको बताएको छ। अर्कोतर्फ, पाकिस्तानले २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानका अनुसार यी ड्रोनहरू पाकिस्तानका विभिन्न सहरहरूमा खसालिएको छ। पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बिहीबार एक पत्रकार सम्मेलनमा भारतले मे ७ को रातदेखि ‘ड्रोनको सहयोगमा घुसपैठ गर्ने प्रयास’ गरिरहेको बताए ।

जनरल चौधरीले सेनाको कारबाही जारी रहेको बताए। उनले लाहोर, गुजरनवाला, चकवाल, अटक, रावलपिन्डी, मियाँवाली र कराचीमा ड्रोन ध्वस्त पारिएको बताए। पाकिस्तानी प्रवक्ताको भनाइमा भारतले कुनै टिप्पणी गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की