२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानको हवाई रक्षा प्रणाली ध्वस्त पारेको भारतको दाबी

२०८२, २५ बैशाख बिहीबार १६:४८

काठमाडौँ । भारतले लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ । भारतको रक्षा मन्त्रालयका अनुसार सेनाले बिहीबार बिहान पाकिस्तानका धेरै स्थानहरूमा रहेको वायु रक्षा राडार र प्रणालीहरूलाई निशाना बनाएको हो। ‘विश्वसनीय जानकारी अनुसार’ लाहोरमा हवाई रक्षा प्रणाली नष्ट गरिएको मन्त्रालयले दाबी गरेको छ । भारतको रक्षा मन्त्रालयले बुधबार राति पाकिस्तानले ड्रोन र मिसाइल प्रयोग गरेर धेरै भारतीय सैन्य अड्डाहरूलाई निशाना बनाउने प्रयास गरेको पनि दाबी गरेको छ।

भारतको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘पाकिस्तानले ड्रोन प्रयोग गरेर अवन्तीपुरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, बठिंडा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुज लगायत उत्तरी र पश्चिमी भारतका धेरै सैन्य प्रतिष्ठानहरूमा आक्रमण गर्ने प्रयास गरेको छ।’ भारतको रक्षा मन्त्रालयले पाकिस्तानका यी आक्रमणहरूलाई एकीकृत काउन्टर यूएएस ग्रिड र वायु रक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको बताएको छ। ‘पाकिस्तानी ड्रोनका भग्नावशेषहरू अब धेरै स्थानहरूबाट बरामद भइरहेका छन् जसले आक्रमण पाकिस्तानले गरेको प्रमाणित गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतले मे ७ मा ‘अपरे;न सिन्दूर’ बारे पत्रकार सम्मेलनमा पाकिस्तानी सैन्य ठेगानाहरूलाई लक्षित नगरिएको भनेको थियो । भारतीय सैन्य प्रतिष्ठानहरूमा हुने कुनै पनि आक्रमणको उचित जवाफ दिइने कुरा पनि दोहोर्‍याइएको थियो। भारतको रक्षा मन्त्रालयअनुसार पाकिस्तानले जम्मू कश्मीरको कुपवाडा, बारामुल्ला, उरी, पुंछ, मेन्धर र राजौरी सेक्टरहरूमा नियन्त्रण रेखामा मोर्टार र भारी तोपखाना प्रयोग गरेर ‘बिना उक्साहट’ गोलाबारी गरेको छ।

मन्त्रालयले पाकिस्तानी गोलाबारीमा तीन महिला र पाँच बालबालिकासहित १६ निर्दोष व्यक्तिको मृत्यु भएको बताएको छ। अर्कोतर्फ, पाकिस्तानले २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानका अनुसार यी ड्रोनहरू पाकिस्तानका विभिन्न सहरहरूमा खसालिएको छ। पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बिहीबार एक पत्रकार सम्मेलनमा भारतले मे ७ को रातदेखि ‘ड्रोनको सहयोगमा घुसपैठ गर्ने प्रयास’ गरिरहेको बताए ।

जनरल चौधरीले सेनाको कारबाही जारी रहेको बताए। उनले लाहोर, गुजरनवाला, चकवाल, अटक, रावलपिन्डी, मियाँवाली र कराचीमा ड्रोन ध्वस्त पारिएको बताए। पाकिस्तानी प्रवक्ताको भनाइमा भारतले कुनै टिप्पणी गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर