2026-09-06 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ

कोलम्बिया विश्वविद्यालयमा बुधबार प्यालेस्टिनी समर्थकद्वारा विरोध प्रदर्शन गरी पुस्तकालय कब्जा गरेपछि लगभग ७५ जनालाई पक्राउ गरिएको न्युयोर्क प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरू र विश्वविद्यालयका सुरक्षा अधिकारीबीच झडप हुँदा दुई सुरक्षा अधिकारीहरू घाइते भएका थिए । सावधानी अपनाउनको लागि ‘फायर अलार्म’ बजाइएको थियो । न्यूयोर्क प्रहरीले साँझ ६ बजेतिर कोलम्बिया विश्वविद्यालयमा प्रवेश गरी पक्राउ गरेको जनाएको छ । सन २०२४ अप्रिलमा भएको प्रदर्शनपछि कोलम्बिया विश्वविद्यालयमा भएको सबैभन्दा महत्त्वपूर्ण विरोध प्रदर्शन हो ।

यस हप्ताको सुरुमा कोलम्बिया विश्वविद्यालयका कर्मचारीहरूले अमेरिकी सुरक्षा विभागले तीन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई थुनामा राखेको विरोधमा निगरानी गर्दै बन्दीहरूलाई रिहा नगरेसम्म निगरानी जारी राख्ने प्रतिवद्धता गरेका थिए ।

शैक्षिक गतिविधिहरूमा अवरोध नसहने उल्लेख गर्दै विश्वविद्यालयका कार्यवाहक अध्यक्ष क्लेयर शिपम्यानले एक विज्ञप्ति जारी गर्नुभएको छ । न्यूयोर्क शहरका अधिकारीहरूले तथा न्यूयोर्क शहरका मेयर एरिक एडम्सले प्रदर्शन प्रति आपत्ति जनाउदै प्रदर्शनकारीलाई कानुनी दायरामा ल्याइने बताउनुभएको थियो ।

सामाजिक सञ्जाल मार्फत एडम्सले कुनै पनि हिंसा सहन नसकिने बताउँदै प्रदर्शनकारीहरूलाई तुरुन्तै क्याम्पसबाट बाहिर निस्कन आह्वान गर्नुभएको छ । उहाँले निर्देशन उपर अटेर गरिएमा उनीहरूलाई पक्राउ गरिने जनाउनुभएको छ । समय समयमा विरोध प्रदर्शन भई रहने यो विश्वविद्यालयमा अप्रिल २०२४ मा विश्वविद्यालयमा भएको ठूलो विरोधका कारण १०० भन्दा बढी विदार्थी पक्राउ परेका थिए ।

मार्चमा ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदी विरोधी गतिबिधि रोक्न असफल भएको उल्लेख गर्दै कोलम्बिया विश्वविद्यालयबाट ४० लाख अमेरिकी डलरको संघीय कोष पनि फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ