2026-09-26 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानको लाहोर सहरमा एक भारतीय ड्रोन खसालिएको दाबी

पाकिस्तानी अधिकारीले बिहीबार (मे ८) बिहान लाहोर सहरमा एक भारतीय ड्रोन खसालिएको दाबी गरेका छन् । स्थानीय प्रहरी अधिकारी मोहम्मद रिजवानले बताएअनुसार, लाहोरको वाल्टन विमानस्थलनजिकै एउटा ड्रोन झारिएको हो ।

उक्त स्थान भारतको सीमाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा पाकिस्तानमा भएको एपीले जनाएको छ । यसैबीच, भारतले कश्मीरको सिमाना (नियन्त्रण रेखा)नजिकका गाउँबाट हजारौँ मानिस खाली गराएको छ । उक्त क्षेत्रमा दुवै देशका सैनिक ठूलो संख्यामा तैनाथ गरिएका छन् ।

गएको अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि दुवै देशबीच तनाव बढेको हो । त्यो हमलामा पाकिस्तानले सहयोग गरेको भारतले आरोप लगाएको छ । पाकिस्तानले आरोप अस्वीकार गरेको छ । स्थानीय मिडियाले पञ्जाब प्रदेशका अर्को सहरमा दुई अरू ड्रोन पनि खसालिएको जनाएको छ । दुई सुरक्षा अधिकारीका अनुसार, पाकिस्तानको वायु सुरक्षा प्रणालीले एउटा सानो भारतीय ड्रोन झारेको हो । ड्रोनमा हतियार भए/नभएको स्पष्ट छैन ।

उक्त ड्रोन खसालेको घटनाको एक दिनअघि भारतले पाकिस्तानी क्षेत्रमा मिसाइल आक्रमण गरेको थियो । आक्रमणमा महिला र बालबालिकासहित ३१ पाकिस्तानी नागरिकको मृत्यु भएको थियो । ड्रोन खसालेको घटनाको स्वतन्त्र रूपमा पुष्टि नभएको र भारतीय अधिकारीले तुरुन्त प्रतिक्रिया नदिएको एपीले जनाएको छ ।

पञ्जाबको चकवाल जिल्लामा एउटा ड्रोन खेतमा ठोक्किएर खसेको थियो । त्यसबाट मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी प्रमुख गुलाम मोहिउद्दीनले उक्त ड्रोन कसको भन्ने उल्लेख गरेनन् । अधिकारीहरूले ड्रोनको अवशेष सुरक्षित रहेको र यसको उत्पत्ति र उद्देश्यका बारेमा अनुसन्धान गरिरहेको बताए । भारतले बुधबारको आक्रमण नौ आतंकवादी आधार क्षेत्रमा गरिएको दाबी गरेको छ । तीमध्येका केही स्थान पञ्जाब प्रदेशमा पर्छन् । र, हमलामा धेरैजसो मृत्यु यही प्रदेशमा भएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले रातभरिको आक्रमण र हत्याको बदला लिने प्रतिज्ञा गरे पनि उनले कुनै विवरण दिएका छैनन् । यसले यी दुई परमाणु हरियारयुक्त छिमेकी देशबीच ठूलो युद्धको जोखिम बढाएको छ ।

भारत–नियन्त्रित कश्मीरको नियन्त्रण रेखा (एलओसी)नजिक बसोबास गर्ने हजारौँ मानिसले आश्रयस्थलमा रात बिताएका थिए । भारतीय अधिकारीले एलओसीनजिकै बसोबास गर्ने दर्जनौँ गाउँबाट नागरिकलाई रातभर खाली गराएका थिए । उरी र पुंछजस्ता सीमावर्ती क्षेत्रका केही बासिन्दाले आफ्नै इच्छाले घर खाली गरेका थिए ।

भारतीय विदेश मन्त्रालयका अनुसार, नियन्त्रण रेखा (सिमाना)मा अघिल्लो दिनको गोलाबारीमा १३ भारतीय नागरिकको मृत्यु भएको थियो । ५९ जना घाइते भएका थिए । बुधबारको गोलाबारीमा एक भारतीय सैनिक पनि मारिएका भारतीय सेनाले जनाएको छ । यसैबीच, इरानी विदेशमन्त्री अब्बास आराघची बुधबार राति भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । पहिले नै तय भएको यात्राका क्रममा उनी भारत आएका हुन् ।

उनले बिहीबार दिउँसो भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट्ने कार्यक्रम छ । यी दुवै नेताले आर्थिक सहयोगको एक संयुक्त कार्यक्रमको सहअध्यक्षता गर्नेछन् । इरानले भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने प्रस्ताव राखेको छ । आराघची सोमबार यसै प्रयासअन्तर्गत पाकिस्तानका शीर्ष नेतासँग भेट्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह