३० बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानको लाहोर सहरमा एक भारतीय ड्रोन खसालिएको दाबी

२५ बैशाख २०८२, बिहीबार १८:०६

पाकिस्तानी अधिकारीले बिहीबार (मे ८) बिहान लाहोर सहरमा एक भारतीय ड्रोन खसालिएको दाबी गरेका छन् । स्थानीय प्रहरी अधिकारी मोहम्मद रिजवानले बताएअनुसार, लाहोरको वाल्टन विमानस्थलनजिकै एउटा ड्रोन झारिएको हो ।

उक्त स्थान भारतको सीमाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा पाकिस्तानमा भएको एपीले जनाएको छ । यसैबीच, भारतले कश्मीरको सिमाना (नियन्त्रण रेखा)नजिकका गाउँबाट हजारौँ मानिस खाली गराएको छ । उक्त क्षेत्रमा दुवै देशका सैनिक ठूलो संख्यामा तैनाथ गरिएका छन् ।

गएको अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि दुवै देशबीच तनाव बढेको हो । त्यो हमलामा पाकिस्तानले सहयोग गरेको भारतले आरोप लगाएको छ । पाकिस्तानले आरोप अस्वीकार गरेको छ । स्थानीय मिडियाले पञ्जाब प्रदेशका अर्को सहरमा दुई अरू ड्रोन पनि खसालिएको जनाएको छ । दुई सुरक्षा अधिकारीका अनुसार, पाकिस्तानको वायु सुरक्षा प्रणालीले एउटा सानो भारतीय ड्रोन झारेको हो । ड्रोनमा हतियार भए/नभएको स्पष्ट छैन ।

उक्त ड्रोन खसालेको घटनाको एक दिनअघि भारतले पाकिस्तानी क्षेत्रमा मिसाइल आक्रमण गरेको थियो । आक्रमणमा महिला र बालबालिकासहित ३१ पाकिस्तानी नागरिकको मृत्यु भएको थियो । ड्रोन खसालेको घटनाको स्वतन्त्र रूपमा पुष्टि नभएको र भारतीय अधिकारीले तुरुन्त प्रतिक्रिया नदिएको एपीले जनाएको छ ।

पञ्जाबको चकवाल जिल्लामा एउटा ड्रोन खेतमा ठोक्किएर खसेको थियो । त्यसबाट मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी प्रमुख गुलाम मोहिउद्दीनले उक्त ड्रोन कसको भन्ने उल्लेख गरेनन् । अधिकारीहरूले ड्रोनको अवशेष सुरक्षित रहेको र यसको उत्पत्ति र उद्देश्यका बारेमा अनुसन्धान गरिरहेको बताए । भारतले बुधबारको आक्रमण नौ आतंकवादी आधार क्षेत्रमा गरिएको दाबी गरेको छ । तीमध्येका केही स्थान पञ्जाब प्रदेशमा पर्छन् । र, हमलामा धेरैजसो मृत्यु यही प्रदेशमा भएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले रातभरिको आक्रमण र हत्याको बदला लिने प्रतिज्ञा गरे पनि उनले कुनै विवरण दिएका छैनन् । यसले यी दुई परमाणु हरियारयुक्त छिमेकी देशबीच ठूलो युद्धको जोखिम बढाएको छ ।

भारत–नियन्त्रित कश्मीरको नियन्त्रण रेखा (एलओसी)नजिक बसोबास गर्ने हजारौँ मानिसले आश्रयस्थलमा रात बिताएका थिए । भारतीय अधिकारीले एलओसीनजिकै बसोबास गर्ने दर्जनौँ गाउँबाट नागरिकलाई रातभर खाली गराएका थिए । उरी र पुंछजस्ता सीमावर्ती क्षेत्रका केही बासिन्दाले आफ्नै इच्छाले घर खाली गरेका थिए ।

भारतीय विदेश मन्त्रालयका अनुसार, नियन्त्रण रेखा (सिमाना)मा अघिल्लो दिनको गोलाबारीमा १३ भारतीय नागरिकको मृत्यु भएको थियो । ५९ जना घाइते भएका थिए । बुधबारको गोलाबारीमा एक भारतीय सैनिक पनि मारिएका भारतीय सेनाले जनाएको छ । यसैबीच, इरानी विदेशमन्त्री अब्बास आराघची बुधबार राति भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । पहिले नै तय भएको यात्राका क्रममा उनी भारत आएका हुन् ।

उनले बिहीबार दिउँसो भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट्ने कार्यक्रम छ । यी दुवै नेताले आर्थिक सहयोगको एक संयुक्त कार्यक्रमको सहअध्यक्षता गर्नेछन् । इरानले भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने प्रस्ताव राखेको छ । आराघची सोमबार यसै प्रयासअन्तर्गत पाकिस्तानका शीर्ष नेतासँग भेट्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सन्तुलित, समावेशी र पारदर्शी रूपमा बजेट बनाइनुपर्नेमा जोड ‘विकाससँग सांसद जोडिनुपर्छ’ दक्षिण सुडानमा पाँच लाख ६० हजार शरणार्थीको बसोबास : राष्ट्रसंघ धुर्मुस–सुन्तलीले राम्रो उद्देश्यले क्रिकेट रंगशालाको काम गर्दा धेरै दुःख पाए: प्रधानमन्त्री ओली कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड नेपाली कांग्रेसकी सांसद राईविरुद्धको पुरक अभियोजनमा ३७ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ : नयाँ अनुसन्धान सरकारले कोरियामा डी टू र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित अमेरिकी निर्वासनले ‘गम्भीर चिन्ता’ निम्त्याउँछ : संयुक्त राष्ट्रसङ्घीय अधिकार प्रमुख डब्लुएचओद्वारा नाकाकन्दीका कारण गाजामा अनिकाल र जोखिमको चेतावनी पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री काठ आयात प्रतिस्थापनमा जोड कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्ने पार्टी कार्यालय एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने निस्किए: प्रधानमन्त्री ओली राप्रपा शाहीले कांग्रेसका २ महामन्त्रीलाई भने – नीति तथा कार्यक्रम छलफलमा कहीँ पनि देखिनुभएन किन ? दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा