2026-09-06 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मध्यरातमा पाकिस्तानी सेनाले पूरै पश्चिमी सीमामा आक्रमण गरेको: भारतीय सेना

काठमाडौँ । भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (एडीजी पीआई)ले मे ८ र ९ को मध्यरातमा पाकिस्तानी सेनाले पूरै पश्चिमी सीमामा आक्रमण गरेको जनाएको छ ।

भारतीय सेनाको एडीजी पीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडियो सेयर गर्दै लेखिएको छ, “पाकिस्तानी सशस्त्र बलले ८ र ९ मे २०२५ को मध्यरातमा पूरै पश्चिमी सीमामा ड्रोन र अरू हतियारहरू प्रयोग गरेर कैयौँ आक्रमण गर्‍यो । पाकिस्तानी सैनिकले जम्मू र कश्मीरमा नियन्त्रण रेखामा धेरैपटक युद्धविरामको पनि उल्लंघन गरे ।” भारतीय सेनाले पाकिस्तानी ड्रोन आक्रमणलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको र युद्धविराम उल्लंघनको कडा जवाफ दिइएको जनाएको छ ।

श्रीनगरमा रहेका बीबीसी संवाददाता मजिद जहाँगीरका अनुसार, बिहीबार राति करिब ११ बजे उरी सेक्टरमा भारी गोलाबारी भएको थियो । र, सीमानजिकैका मानव बस्तीलाई निसाना बनाइएको थियो । जम्मू–कश्मीरको राजौरीमा रहेकी बीबीसी संवाददाता दिव्या आर्यले त्यति बेला त्यहाँ पूर्ण रूपमा ‘ब्ल्याकआउट’ गरिएको बताइन् ।

मे ८ मा जम्मू–कश्मीरमा विस्फोट र विद्युत् अवरुद्ध भएको रिपोर्टको केही समयपछि बीबीसीले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफसँग कुरा गरेको थियो । कुराकानीका त्रक्रममा ख्वाजा आसिफले जम्मू–कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी अस्वीकार गरेका थिए । बीबीसी हिन्दीबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ