2026-10-09 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टेस्ट क्रिकेटबाट कोहलीको सन्यास भन्छन-‘टेस्ट क्रिकेटले मलाई परीक्षण,सुधार गर्‍यो र जीवनभर सम्झने पाठ सिकायो

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। कोहलीले टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन्। विराट कोहलीले १२३ टेस्ट खेल खेलेका छन् र २१० इनिङमा ४६.८५ को औसतमा ९२३० रन बनाएका छन्। उनको उच्चतम स्कोर २५४ रन (नटआउट) हो। कोहलीले टेस्ट क्रिकेटमा ३० शतक बनाएका छन् र उनको नाममा ३१ अर्धशतक पनि छ। कोहलीले इन्स्टाग्राममा आफ्नो सन्यासको घोषणा गरेका छन्।

उनले आफ्नो पोस्टमा लेखेका छन् , “१४ वर्षअघि मैले पहिलो पटक टेस्ट क्रिकेटको लागि ब्यागी ब्लू लगाएको थिएँ। इमानदारीपूर्वक भन्नुपर्दा, मैले कहिल्यै कल्पना गरेको थिइनँ कि यस (टेस्ट) ढाँचामा मेरो यात्रा यस्तो हुनेछ। यसले मलाई परीक्षण गर्‍यो, मलाई सुधार गर्‍यो र मलाई जीवनभर सम्झने पाठ सिकायो।”
उनले लेखेका छन्, “सेतो जर्सीमा खेल्नु व्यक्तिगत रूपमा मेरो लागि विशेष रह्यो। लामो दिन र साना क्षणहरू जुन कसैले देख्न सक्दैन, तर सधैंभरि तपाईंसँगै रहनेछन्।”

कोहलीले पोस्टमा लेखेका छन्, “यो ढाँचाबाट अलग हुनु मेरो लागि सजिलो छैन – तर यो (निर्णय) मलाई सही लाग्छ। मैले यो (टेस्ट) मा मेरो सबै थोक दिएँ, र यसले मलाई आशा गरेको भन्दा बढी दियो।” उनले खेलप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिइरहेको लेखेका छन्।

उनले भने कि उनी मैदानमा रहेका सबै मानिसहरू र यस यात्रामा आफूसँगै रहेका सबैलाई पनि आभारी छन्। विराटले अन्तमा लेखे, “म मेरो टेस्ट करियरलाई सधैं खुशीका साथ फर्केर हेर्नेछु।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल