८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

२९ बैशाख २०८२, सोमबार १८:०७

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार बिहान म्याद गुज्रिएको गोलीगठ्ठा नष्ट गर्ने क्रममा भएको एक दुर्भाग्यपूर्ण विस्फोटमा कम्तीमा १३ जनाले ज्यान गुमाएका छन्, जसमध्ये चार जना सैनिक र नौ जना स्थानीय बासिन्दा रहेका छन् ।

इन्डोनेसियाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल वाह्यु युधायानाले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भन्नुभयो, “दुईवटा खाल्डाहरूमा विस्फोट सफलतापूर्वक गराइएको थियो, तर तेस्रो खाल्डामा विस्फोटकको तयारी भइरहेको बेला एक्कासि आकस्मिक विस्फोट भएको थियो, जसले गर्दा यो दुःखद घटना घट्न पुग्यो ।”

उहाँका अनुसार, विस्फोट हुनु अघि प्रयोगमा ल्याइएका सबै उपकरणहरूको सुरक्षा जाँच गरिएको थियो र सो स्थल लामो समयदेखि विस्फोटक पदार्थ नष्ट गर्ने प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो ।

दुर्घटनामा परेका सबै व्यक्तिहरूलाई पामेउङपेउक जनरल अस्पतालमा पु¥याइएको छ ।

उक्त घटनाको कारणबारे विस्तृत अनुसन्धान अगाडि बढाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र