2026-09-26 10:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकी निर्वासनले ‘गम्भीर चिन्ता’ निम्त्याउँछ : संयुक्त राष्ट्रसङ्घीय अधिकार प्रमुख

संयुक्त राष्ट्र अधिकार प्रमुखले मङ्गलबार संयुक्त राज्य अमेरिकाबाट निर्वासित गरिएका गैर–नागरिकहरूको ठूलो सङ्ख्यामा, विशेष गरी एल साल्भाडोरको मेगा–जेलमा पठाइएका सयौँ व्यक्तिका बारेमा चिन्ता व्यक्त गर्नुभएको छ ।

“यो अवस्थाले अमेरिकी र अन्तर्राष्ट्रिय कानून दुवैका लागि आधारभूत अधिकारहरूको विस्तृत शृङ्खलालाई लिएर गम्भीर चिन्ताको विषय बनेको छ”, मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कले भन्नुभयो ।

उहाँको कार्यालयले एक वक्तव्यमा अमेरिकी तथ्याङ्क देखाउँदै जनवरी २० देखि एक लाख ४२ हजार व्यक्ति अमेरिकाबाट निर्वासित गरिएको बतएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्चमा भेनेजुएलाको गिरोह ट्रेन डे अरागुआका कथित सदस्यहरूलाई एल साल्भाडोरको विशाल जेल, सिइसिओटीमा पठाउन सन् १७९८ एलियन एनिमी एक्ट लागू गरेपछि कार्यालयले स्थितिमा विशेष चिन्ता व्यक्त गरेको थियो ।

अमेरिकी सर्वोच्च अदालत र धेरै तल्लो अदालतहरूले उचित प्रक्रियाको अभावलाई उद्धृत गर्दै अस्पष्ट कानून प्रयोग गरेर निर्वासनलाई अस्थायी रूपमा रोकेका छन् ।

“अझै पनि एल साल्भाडोरमा पठाइएका कम्तीमा दुई सय ४५ भेनेजुएलाली र करिब ३० साल्भाडोरेलीहरूको भविष्य र अवस्थि अस्पष्ट छ”, संयुक्त राष्ट्र अधिकार कार्यालयले भनेको छ ।

अधिकार कार्यालयले परिवारका सदस्य र वकिलहरूबाट एक सयभन्दा बढी भेनेजुएलालीलाई सिइसिओटीमा राखिएको विश्वास गरिएको जानकारी प्राप्त गरेको बताएको छ ।

“यी प्रतिवेदनहरूले धेरै थुनुवालाई उनीहरूलाई तेस्रो देशमा राख्न निर्वासित गर्ने अमेरिकी सरकारको इच्छाबारे सूचित गरिएको थिएन, धेरैसँग वकिलको पहुँच थिएन र उनीहरू अमेरिकाबाट उडाइनु अघि उनीहरूलाई हटाइनुको वैधता चुनौती दिन प्रभावकारी रूपमा असमर्थ थिए भन्ने सङ्केत गर्दछ”, वक्तव्यमा भनिएको छ ।

यसले आजसम्म अमेरिका वा साल्भाडोरका अधिकारीहरूले बन्दीहरूको कुनै आधिकारिक सूची प्रकाशित नगरेको र एल साल्भाडोरमा उनीहरूको कानूनी स्थिति अस्पष्ट रहेको उल्लेख गरेको छ ।

“हामीले कुरा गरेका परिवारहरूले जे भएको छ र उनीहरूका आफन्तहरूलाई हिंसात्मक अपराधीहरू, आतङ्ककारीहरूसम्म भनेर लेबल लगाएको र उनीहरूको विरुद्धमा दावी गरिएको कुराको वैधताको बारेमा कुनै अदालतको फैसला नगरी उनीहरूको पीडा देखेर पूर्ण शक्तिहीनताको भावना व्यक्त गरेका छन्”, टर्कले भन्नुभयो, “केही व्यक्तिलाई उनीहरूमाथि बन्धनको प्रयोग सहित हिरासतमा लिएको र निर्वासित गरिएको तरिका साथै आप्रवासीहरू विरुद्ध प्रयोग गरिएको अपमानजनक बयानबाजी पनि गहिरो चिन्ताजनक भएको छ ।”

संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुखले ‘यस सन्दर्भमा मानव अधिकारको संरक्षण सुनिश्चित गर्न अमेरिकी न्यायपालिका, कानूनी समुदाय र नागरिक समाजले खेलेको आवश्यक भूमिकालाई’ स्वागत गरेको बताउनुभयो ।

“मैले अमेरिकी सरकारलाई उचित प्रक्रियाको अनुपालन सुनिश्चित गर्न, यसको अदालतको निर्णयलाई द्रुत र पूर्ण प्रभाव दिन, बालबालिकाको अधिकारको रक्षा गर्न र यातना वा अन्य अपूरणीय हानिको वास्तविक जोखिम रहेको कुनै पनि देशमा कुनै पनि व्यक्तिलाई हटाउन रोक्न आवश्यक उपायहरू गर्न आह्वान गरेको छु”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह