२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत सरकारले हामीलाई कुनै प्रकारका भन्सार कर/शुल्क नलगाउने प्रस्ताव गरेको छ :राष्ट्रपति ट्रम्प

२०८२, २ जेष्ठ बिहीबार १५:४७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकाबाट आयात हुने सामानमा सबै प्रकारका भन्सार कर हटाउने प्रस्ताव गरेको दाबी गरेका छन् ।

“भारत सरकारले हामीलाई कुनै शुल्क नलगाउने प्रस्ताव गरेको छ,” ट्रम्पले दोहामा आयोजित एक कार्यक्रम भने । भारत र अमेरिका हाल व्यापार सम्झौता गर्न वार्तामा जुटिरहेका छन् ।

ट्रम्पको भनाइमा भारत सरकारको भनिएको प्रस्तावबारे दिल्लीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । बीबीसीले यसबारे टिप्पणीका लागि भारतको वाणिज्य मन्त्रालयसँग सम्पर्क गरे पनि उक्त प्रस्तावित सम्झौताबारे थप विवरण हालसम्म सार्वजनिक गरिएको छैन । दोहामा व्यवसायीहरूका साथ आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकाको बोइङ जेटलगायत कतारसँग भएका विभिन्न सम्झौताको घोषणा पनि गरे ।

ट्रम्पको उक्त टिप्पणी एप्पल कम्पनीले भारतमा आईफोन उत्पादन गर्ने योजनाबारे कुराकानी गर्दै गर्दा आएको हो ।
उनले एप्पलका सीईओ टिम कुकलाई भनेको उल्लेख गर्दै भने, “मैले टिमलाई भनेँ– तिमीहरूलाई भारतमा कारखाना बनाऊ भन्न चाहन्नँ । भारत त संसारकै सबैभन्दा धेरै कर लगाउने देशमध्ये एक हो ।”

उनले थपे, “भारत हामीसँग यस्तो सम्झौता गर्न खोज्दै छ जसअनुसार उनीहरूले कुनै कर नलगाउने सहमति जनाएका छन् । मैले यो कुरा टिमलाई भनेँ– हामी तिमीलाई साँच्चिकै राम्रो व्यवहार गरिरहेका छौँ, तिमीले चीनमा धेरै कारखाना बनाएको कुरा हामीले वर्षौंदेखि सह्यौँ । अब तिमी भारतमा निर्माण गर्ने कुरा पनि म चाहन्नँ । भारत त्यो आफैँ गर्न सक्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने