2026-09-06 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पद्वारा ‘नरसंहार’ को आरोप

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसालाई एउटा भिडियो प्ले गरेर आक्रमण गर्नुभएको छ ।
भिडियो प्लेमा ट्रम्पले श्वेत मानिसहरूविरुद्ध नरसंहार भइरहेको प्रमाणित गरेको र यसले किसानहरूलाई संयुक्त राज्य अमेरिकामा भाग्न बाध्य बनाइरहेको दाबी गर्नुभयो ।
यो असाधारण स्टन्टले दक्षिण अफ्रिकी श्वेत किसानहरूलाई उनीहरूको जग्गा छोड्न बाध्य पारिएको र मारिएको ट्रम्पको तर्कका लागि ओभल अफिसको सामान्यतया शान्त कूटनीतिक वातावरणलाई मञ्चमा परिणत गर्‍यो ।
पत्रकारहरूको उपस्थितिमा ट्रम्पले दक्षिण अफ्रिकाका अश्वेत राजनीतिज्ञहरूले श्वेत मानिसहरूको उत्पीडनका लागि आह्वान गरेको भन्दै कर्मचारीहरूलाई चार मिनेटको भिडियो ठूलो स्क्रिनमा राख्न लगाउनुभएको थियो ।
“तपाईंले उनीहरूलाई जमिन लिन अनुमति दिनुहुन्छ र त्यसपछि जब उनीहरूले जमिन लिन्छन् । उनीहरूले श्वेत किसानलाई मार्छन् र जब उनीहरूले सेतो किसानलाई मार्छन्, उनीहरूलाई केही हुँदैन”, ट्रम्पले भन्नुभयो ।
ट्रम्पले समाचार क्लिपिङहरू पनि देखाउनुभयो जुन उहाँले आफ्नो दावीलाई समर्थन गरेको बताउनुभयो । यद्यपि एउटामा वास्तवमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको तस्बिर थियो ।
“मृत्यु, मृत्यु, मृत्यु । भयानक मृत्यु”, ट्रम्पले भन्नुभयो ।
ट्रम्पको प्रशासनले यस महिनाको सुरुमा ५० भन्दा बढी श्वेत अफ्रिकीलाई शरणार्थी दर्जा प्रदान गरेको छ भने विश्वका अन्य भागहरूबाट शरणार्थीहरू लिन प्रभावकारी रूपमा बन्द गरेको छ ।
तर दक्षिण अफ्रिकी राष्ट्रपतिले ट्रम्पको दाबीलाई अस्वीकार गर्नुभयो । फेब्रुअरीमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग ट्रम्पले गरेको विवादलाई बेवास्ता गर्दै सुरुमा यो कदमबाट स्तब्ध देखापरेपछि उहाँ शान्त रहनुभयो ।

– अप्ठ्यारो कुराकानी –

रङ्गभेद शासनको ऐतिहासिक असमानता निवारण गर्ने उद्देश्यले जनवरीमा हस्ताक्षर गरिएको जग्गा कब्जा कानूनअन्तर्गत आफ्नो देशले श्वेत किसानहरूबाट जग्गा जफत गरेको कुरा रामाफोसाले अस्वीकार गर्नुभयो ।
“होइन, होइन, होइन”, रामाफोसाले जवाफ दिनुभयो, “कसैले पनि जमिन लिन सक्दैन ।”
उहाँले दक्षिण अफ्रिकाको कुख्यात उच्च अपराध दरका अधिकांश पीडितहरू अश्वेत हुन् भनी जोड दिनुभयो र भिडियोमा रहेका राजनीतिज्ञहरू विपक्षी दलका थिए भन्नुभयो ।
दक्षिण अफ्रिकी नेताको भ्रमणलाई ट्रम्प र दक्षिण अफ्रिकामा जन्मेका उहाँका अर्बपति सहयोगी सहयोगी एलन मस्कले गरेको निराधार नरसंहार दावीपछि सम्बन्ध सुधार गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको थियो ।
ओभल अफिसमा समेत रहनुभएका मस्क ‘श्वेत नरसंहार’ दाबीहरूका मुख्य चालक हुनुभएको छ ।
रामाफोसा गल्फप्रिय अमेरिकी राष्ट्रपतिलाई मनाउने प्रयासमा दक्षिण अफ्रिकाका दुई शीर्ष गल्फर अर्नी एल्स र रेटिफ गुसेनसँग ह्वाइट हाउस पुग्नुभएको थियो ।
“हामी मूलतः संयुक्त राज्य अमेरिका र दक्षिण अफ्रिकाबीचको सम्बन्धलाई पुनःस्थापित गर्न यहाँ आएका छौँ”, रामाफोसाले भन्नुभयो ।
तर रामाफोसाले भिडियो चलिरहँदा बारम्बार बोल्न खोजिरहँदा ट्रम्पले उहाँलाई बोल्न दिनुभएन । “यो कहाँ छ ?”, दक्षिण अफ्रिकी राष्ट्रपतिले आफ्नो सिटमा अनौठो ढङ्गले फेरबदल गर्दा भन्नुभयो ।
भिडियोमा उग्र वामपन्थी विपक्षी सांसद जुलियस मालेमालाई ‘बोअरलाई मार, किसानलाई मार’ गाएको देखाइएको थियो । यो रङ्गभेदी युगको श्वेत–अल्पसङ्ख्यक शासनविरुद्धको लडाइँको समयको कुख्यात नारा हो ।
भिडियो दक्षिण अफ्रिकामा भएको एक प्रदर्शनका तस्बिरहरूसँग समाप्त भयो जहाँ मारिएका किसानहरूको प्रतिनिधित्व गर्न ग्रामीण सडकको छेउमा सेता क्रसहरू राखिएका थिए, तर ट्रम्पले गलत रूपमा उनीहरूका चिहानहरू देखाएको भन्नुभयो ।

– गल्फ कूटनीति –

एक विन्दुमा रामाफोसाले उहाँहरू ‘यसबारे धेरै शान्तिपूर्वक कुरा गर्न’ आग्रह गर्नुभयो ।
“हामीलाई नेल्सन मण्डेलाले सिकाउनुभएको थियो कि जहिले पनि समस्याहरू हुन्छन्, मानिसहरूले टेबुलको वरिपरि बसेर तिनीहरूबारे कुरा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
दुई च्याम्पियन गल्फरहरूले पनि ट्रम्पले उहाँहरूलाई बोल्न आग्रह गरेपछि स्थितिलाई शान्त पार्न खोज्नुभएको थियो ।
“हामी हाम्रो देशमा सबै कुरा राम्रो भएको हेर्न चाहन्छौँ । यही मुख्य कुरा हो”, चार पटकको प्रमुख विजेता एल्सले भन्नुभयो ।
दक्षिण अफ्रिकी नेताले पछि यो ‘ठूलो सफलता’ भएको र नोभेम्बरमा जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा ट्रम्पले भाग लिने अपेक्षा गरेको भन्दै बैठकमा साहसी अनुहार राख्ने प्रयास गर्नुभयो ।
उहाँले भिडियोका बावजुद श्वेतहरू विरुद्ध नरसंहार भएको छ भन्ने कुरामा ट्रम्प पूर्ण रूपमा विश्वास गर्नुहुन्न पनि भन्नुभयो ।
“अन्त्यमा, मेरो मतलब, म विश्वास गर्दछु कि यी सबै कुरामा उहाँको मनमा यो शङ्का र अविश्वास छ”, रामाफोसाले पत्रकारहरूलाई भन्नुभयो ।
अमेरिकी राष्ट्रपतिले आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि नै ट्रम्प प्रशासनले दक्षिण अफ्रिकालाई निशाना बनाएको छ ।
ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय न्यायालयमा गाजामा इजरायलले नरसंहार गरेको आरोप लगाउने दक्षिण अफ्रिकाको मुद्दाको आलोचना गरेको छ, विदेशी सहायता कटौती गरेको छ, ३१ प्रतिशत भन्सार शुल्क घोषणा गरेको छ र ट्रम्पको मेक अमेरिका ग्रेट अगेन (एमएजिए) आन्दोलनको आलोचना गरेपछि प्रिटोरियाका राजदूतलाई निष्कासित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ