2026-09-26 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा दुई जना पाकिस्तानी गुप्तचर एजेन्ट पक्राउ,जसमध्ये एक जना नेपाली पाकिस्तानी एजेन्टको रूपमा कार्यरत

काठमाडौँ । भारतको दिल्ली प्रहरीले एक गोप्य अपरेशन सञ्चालन गरेर एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ।

दिल्ली प्रहरीले (स्लिपर सेल नेटवर्क) गुप्तचरहरूको नेटवर्कलाई भत्काउँदै दुई जना एजेन्टलाई पक्राउ गरेको भारतीय टेलिभिजन संस्था एनडिटिभीले दाबी गरेको हो। स्लिपर सेल नेटवर्क गोप्य समूह हो। जसमा कुनै पनि व्यक्ति सामान्य नागरिकसरह समाजमा घुलमिल भएर बस्छन् र आदेश प्राप्त नगरेसम्म उनीहरूले कुनै पनि क्रियाकलाप गर्दैनन्। दिल्ली प्रहरीका अनुसार जनवरीदेखि मार्चसम्म अपरेशन सञ्चालन गरिएको थियो। पक्राउ परेका व्यक्तिहरूबाट गोप्य कागजातहरू बरामद गरेको उल्लेख गरिएको छ।

पक्राउ पर्नेमा अन्सरूल मियाँ अन्सारी छन्। उनी नेपाली नागरिक भएको समाचारमा उल्लेख छ। दिल्ली प्रहरीले उनीसहित अर्का व्यक्तिविरूद्ध पनि अभियोग दर्ता गरिसकेको छ। उनीहरू दुवै जना हाल तिहाड जेलमा छन्। अन्सारी दिल्लीबाट पाकिस्तान जान लाग्दा पक्राउ परेका थिए। उनी पाकिस्तानको गुप्तचर निकाय इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई) आइएसआईमा संलग्न रहेको दाबी गरिएको छ।

आइएसआईले उनलाई गोप्य कागजातका सिडी बनाएर पाकिस्तानमा पठाउने जिम्मेवारी दिइएको दाबी छ। उनीसँग सोधपुछपछि प्रहरीले अर्का व्यक्तिलाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेपछि उनले आफू कतारमा ट्याक्सी ड्राइभर भएको र त्यहाँ आइएसआईसँग सम्पर्कमा आएको बताएको भनेर समाचारमा उल्लेख छ।

आइएसआईका एजेन्टलाई भेटेपछि तालिमका लागि अन्सारीलाई पाकिस्तान लगिएको र त्यहाँबाट नेपाल हुँदै दिल्ली पठाएको भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह