By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    17 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    18 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    18 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    18 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    5 minutes ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    23 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: इरान र अमेरिकाबीच रोममा नयाँ चरणको आणविक वार्ता हुने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > मुख्य समाचार > इरान र अमेरिकाबीच रोममा नयाँ चरणको आणविक वार्ता हुने
मुख्य समाचारविश्व

इरान र अमेरिकाबीच रोममा नयाँ चरणको आणविक वार्ता हुने

साझासवाल
Last updated: May 23, 2025 3:40 pm
साझासवाल
4 Min Read
Share

तेहरानको युरेनियम संवद्र्धनको विषयमा सार्वजनिक असहमति भएपछि इरान र अमेरिकी वार्ताकारबीच पाँचौं चरणको आणविक वार्ताका लागि शुक्रबार रोममा भेटवार्ता भएको छ ।

सन् २०१५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा भएको आणविक सम्झौताबाट अमेरिका अलग्गिएपछि गत अप्रिलमा सुरु भएको यो वार्ता दुई देशबीचको उच्चस्तरीय सम्पर्क हो ।

सत्तामा फर्केपछि ट्रम्पले इरानमाथि आफ्नो ‘अधिकतम दबाब’ अभियानलाई पुनर्जीवित गर्नुभएको छभने वार्ताको लागि दबाव दिनुभएको र कूटनीति असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

इरानले नयाँ सम्झौता गर्न चाहेको छ जसले उसको अर्थव्यवस्थामा असर पार्ने प्रतिबन्धहरूलाई कम गर्नेछ।

ओमानको राजधानी मस्कटमा भएको अन्तिम चरणको वार्ता समृद्धिको विषयलाई लिएर सार्वजनिक बहसका साथ टुङ्गिएको थियो ।

यसैबीच, वार्तापूर्व पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी राजदूत स्टिभ विटकोफले वासिङ्टनले ‘एक प्रतिशत पनि संवद्र्धनलाई अनुमति दिन नसक्ने’ बताउनुभएको छ ।

– ‘मौलिक मतभेद’ –

शुक्रबारको वार्ताअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग ‘आधारभूत मतभेदहरू’ कायम रहेको र तेहरानले आफ्ना आणविक स्थलहरूको थप निरीक्षण गर्न खुला रहेको बताउनुभएको थियो ।

“यदि अमेरिकाले इरानलाई युरेनियम संवद्र्धन गर्नबाट रोक्न चाहन्छ भने हामीसँग कुनै सम्झौता हुने छैन,” अराघचीले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय भियनास्थित अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को जुनमा हुने बैठक र सन् २०१५ को सम्झौताको अक्टोबरमा समाप्त हुनुभन्दा अघि इटालीको राजधानी माल्टामा शुक्रबारको वार्ता भएको हो ।

“संयुक्त बृहत कार्ययोजना नाम दिइएको यो सम्झौताको उद्देश्य इरानलाई आणविक बम बनाउनबाट रोक्नु रहेको छ ।

इरानले आफ्नो आणविक कार्यक्रममाथि प्रतिबन्ध लगाउने बदलामा इरानविरूद्ध लगाइएका अन्तर्राष्ट्रिय आर्थिक तथा राजनीतिक प्रतिबन्धबाट राहत पाएको थियो । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा वार्ताबाट अमेरिकालाई फिर्ता लिएपछि यो सम्झौता रद्द भएको थियो ।

जवाफमा इरानले आणविक गतिविधि बढाएको थियो ।

उसले अहिले युरेनियमलाई ६० प्रतिशतमा संवद्र्धन गरिरहेको छ, जुन सम्झौताको ३.६७ प्रतिशतको सीमाभन्दा धेरै माथि छ तर हतियार–ग्रेड सामग्रीका लागि आवश्यक ९० प्रतिशतभन्दा कम छ।

तेहरानका विज्ञहरुले इरान पछि हट्ने सम्भावना नरहेको बताएका छन् ।

“यो एकदम सरल छ; यदि अमेरिकाले इरानले आणविक संवद्र्धन रोक्ने अपेक्षा गर्छ भने त्यहाँ कुनै सम्झौता हुन सक्दैन,” इरानी राजनीतिक वैज्ञानिक मोहम्मद मरान्डीले भन्नुभयो।

इरानको आणविक ऊर्जा सङ्गठनका अनुसार इरानको आणविक उद्योगमा १७ हजार मानिस कार्यरत छन् र यो अन्य देशहरू जस्तै हो, जहाँ नागरिक प्रयोगका लागि युरेनियम संवर्धित गरिन्छ।

“नेदरल्यान्ड्स, बेल्जियम, दक्षिण कोरिया, ब्राजिल र जापानले आणविक हतियार बिना नै युरेनियम संवद्र्धन गरेका छन्,” प्राधिकरणका प्रवक्ता बेहरोज कमालवन्दीले भन्नुभयो ।
इजरायलसँगको इरानको शत्रुता मुख्य समर्थक अमेरिकाका लागि वार्ताको लागि निरन्तर पृष्ठभूमि बनेको छ ।

संयुक्त राष्ट्रसङ्घलाई लेखेको पत्रमा अराघचीले भन्नुभएको छ, “यहूदी शासन राज्य (इजरायल)द्वारा इस्लामिक गणतन्त्र इरानको आणविक सुविधाहरूमा कुनै पनि आक्रमण भएमा अमेरिकी सरकार पनि संलग्न हुनेछ र कानूनी जिम्मेवारी वहन गर्नेछ भन्ने कुरा हामीमा कुनै शङ्का छैन।”

सीएनएनले नाम उल्लेख नगरिकन अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इजरायलले इरानी आणविक सुविधाहरूमा आक्रमण गर्ने तयारी गरिरहेको जानकारी दिएपछि यस्तो चेतावनी आएको हो ।

ह्वाइट हाउसका अनुसार ट्रम्पले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग इरान र वासिङ्टनस्थित इजरायली दूतावासका दुई कर्मचारीलाई गोली हानेर मारेको घटनाबारे ‘फलदायी छलफल’ गरेका थिए ।

भियनामा जुनमा हुने आईएईए बोर्ड अफ गभर्नर्सको बैठकअघि शुक्रबारको वार्ता हुनेछ जसमा इरानको आणविक गतिविधिको समीक्षा गरिनेछ ।

सन् २०१५ को सम्झौताले इरानले आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेमा ‘स्न्यापब्याक’ भनिने संयन्त्रमार्फत संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागू हुने सम्भावना रहेको उल्लेख गरेको छ ।

सम्झौतामा हस्ताक्षर गरेका तीन युरोपेली राष्ट्र बेलायत, फ्रान्स र जर्मनीले महाद्वीपको सुरक्षामा खतरा उत्पन्न भएमा संयन्त्रलाई गति दिने चेतावनी दिएका छन् ।

इरानका उच्च कूटनीतिज्ञ अराघचीले यस्तो कदमले सम्झौतामा युरोपको भूमिका समाप्त हुने मात्र नभई अपरिवर्तनीय हुन सक्ने तनाव पनि बढ्ने बताउनुभएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने
Next Article युट्युबमा सर्वाधिक रुचाइएका मिस्टरबिस्ट २७ वर्षकै उमेरमा सेल्फमेड बिलिनियर बन्न सफल

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

रविलाई भेटेपछि बाबुरामको प्रतिक्रिया– उहाँमाथि राजनीतिक प्रतिशोध साँधियो

2 years ago
काठमाडौँ - KTMमुख्य समाचार

२४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा

3 months ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीतिसमाज

आफूले सम्बोधन गर्दा प्रधानमन्त्री सदनमा अनुपस्थित रहेकोप्रति प्रचण्डको असन्तुष्टि

1 year ago
गोरखा - GRKमुख्य समाचारसमाज

गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?