2026-09-26 08:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

“ईरानले आफ्नै भूमिमा युरेनियम प्रशोधन यथावत राख्ने स्पष्टोक्ति”

ईरानी विदेशमन्त्री सेयद अब्बास अराघ्चीले देशको भूमिमा युरेनियम प्रशोधन प्रक्रिया यथावत रूपमा निरन्तर जारी रहने स्पष्ट धारणा राख्नुभएको छ । साथै, उहाँले क्षेत्रीय स्तरमा युरेनियम प्रशोधन केन्द्र स्थापनाको पहललाई स्वागतयोग्य बताउनुभएको छ ।

ईरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्यहरूसँगको एक औपचारिक छलफलका क्रममा मन्त्रीले अमेरिका तथा अन्य पक्षहरूसँगको संवादमार्फत ईरानले कूटनीतिक मार्गलाई निरन्तरता दिइरहेको बताउनुभयो, तर कुनै पनि प्रकारको दबाबमा वार्ता गर्न नसकिने स्पष्ट अडान राखिएको छ ।

उहाँले फ्रान्स, जर्मनी तथा बेलायत (ई–३०) द्वारा सन् २०१५ को आणविक सहमति अन्तर्गत रहेको ‘स्न्यापब्याक’ व्यवस्था प्रयोग गरी पुनः प्रतिबन्ध लगाउने प्रयास भएमा, ईरानले त्यसप्रति आवश्यक र कडा प्रतिक्रिया जनाउने चेतावनीसमेत दिनुभएको छ ।

उक्त आणविक सहमति ईरान र छ वटा राष्ट्रहरू बेलायत, चीन, फ्रान्स, जर्मनी, रूस तथा अमेरिकाबीच सम्पन्न भएको थियो । सो सहमति अनुसार, यदि ईरानले निर्धारित प्रतिबद्धता पालना नगरेमा अन्य पक्षहरूले अन्तर्राष्ट्रिय प्रतिबन्ध पुनः लगाउन सक्ने व्यवस्था गरिएको छ ।

ईरान र अमेरिका बीचको संवाद गत अप्रिलदेखि ओमानको मध्यस्थतामा पाँच चरणमा सम्पन्न भएको हो, जसअन्तर्गत तीन चरण ओमानको मुस्कट र दुई चरण इटालीको रोम सहरमा सम्पन्न भएका थिए ।

हालसालै अमेरिकी अधिकारीहरूले ईरानसँग युरेनियम प्रशोधन पूर्ण रूपमा रोक्न आग्रह गरेका छन्, तर ईरानले सो प्रस्तावलाई अस्वीकार गर्दै आफ्ना राष्ट्रिय अधिकार तथा हितहरूलाई कायम राख्ने भनाइ राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह