2026-09-26 08:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नासाको चन्द्र अभियानसँग जोडिएको स्टारशिप पुनः परीक्षणमा उत्रिँदै

एलन मस्कको मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजनाको केन्द्रमा रहेको स्पेसएक्सको ‘स्टारशिप मेगारकेट’ आज फेरि परीक्षण उडानको तयारीमा छ । अघिल्ला दुई प्रयासमा यानमा आगो लागेर विस्फोट भएपछि यो परीक्षणमा थप चासो केन्द्रित भएको छ ।

टेक्सासको दक्षिणी भागमा रहेको स्पेसएक्सको स्टारबेस प्रक्षेपण केन्द्रबाट आज स्थानीय समय अनुसार बेलुका ६ः३० बजे प्रक्षेपण हुने समय तय गरिएको छ ।
एक सय २३ मिटर अग्लो स्टारशिप अहिलेसम्म बनाइएको सबैभन्दा ठूलो यान हो ।

नासाले पनि आफ्नो ‘आर्टेमिस–३’ मिशन अन्तर्गत अमेरिकीहरूलाई चन्द्रमामा फर्काउने यानको रूपमा स्टारशिपको एक संस्करण प्रयोग गर्ने तयारी गरेको छ ।

तर अघिल्ला दुई परीक्षणमा माथिल्लो भाग विस्फोट हुँदा टुक्राहरू क्यारेबियन टापुहरूमा खसेका थिए, जसले हवाई उडानमा बाधा र्पुयाएको थियो । यसपटक परीक्षण सफल पार्न स्पेसएक्समाथि थप दबाब रहेको छ ।

कम्पनीले परीक्षणमार्फत तीव्र विकासको नीति अपनाएको बताउँदै आएको छ, जसले विगतमा पनि वाणिज्यिक अन्तरिक्ष उडानमा सफलताको आधार तयार पारेको थियो ।

पर्यावरणीय चिन्ता र अनुमति

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले प्रक्षेपणका लागि अनुमति दिँदै हवाई क्षेत्र बन्द गर्ने क्षेत्रफल झन्डै दोब्बर बनाउँदै एक हजार ६०० नौटिकल माइलसम्म विस्तार गरेको छ । यस प्रक्रियामा बेलायत, टक्र्स र केकोस टापु, बहामास, मेक्सिको र क्यूबाका अधिकारीहरूसँग समन्वय गरिएको छ ।

एफएएले वार्षिक प्रक्षेपण सङ्ख्या पाँच बाट बढाएर २५ र्पुयाउने निर्णय पनि हालै गरेको छ । यसले वातावरणमा नकारात्मक असर नपार्ने बताउँदै संरक्षण समूहहरूको चेतावनीलाई अस्वीकार गरेको हो, जसले समुद्री कछुवा र तटीय चराहरूको जोखिमको चेतावनी दिएका थिए ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह