काठमाडौँ । भारतमा कोरोना संक्रमण भयाभव बन्दै गएको छ।
कोरोना संक्रमणका कारण त्यहाँ अहिलेसम्म १२ जनाको मृत्युसमेत भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। भारतका प्रान्तहरू महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो।
यस्तै अहिले भारतभरमा कोरोनाबाट संक्रमितको संख्या १०८३ पुगेको छ। यसमा सबैभन्दा बढी भारतीय राज्य केरलामा ४३० जना कोरोनाका कारण बिरामी छन्। यस्तै मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५ र हरियाणामा ३ जना नयाँ संक्रमित देखिएका छन्।