2026-09-26 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बार्सिलोनामा ‘सगरमाथा उत्सव’

काठमाडौँ | ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसरमा स्पेनमा विशेष कार्यक्रमका साथ ‘सगरमाथा उत्सव’ मनाइएको छ ।

स्पेनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिनको स्मरण गर्दै शुक्रबार बार्सिलोनामा ‘सगरमाथा उत्सव’ मनाइएको हो ।

सन् १९५३ मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । उक्त ऐतिहासिक दिनको स्मरण गर्दै स्पेनमा पनि सगरमाथा दिवस मनाइएको हो ।

सगरमाथा आरोही तथा आठ हजारभन्दा अग्ला हिमाल आरोहण गर्ने स्पेनी पर्वतारोहीलाई सम्मान गरिएको थियोे । सन् १९७५ मा मनास्लु र पछि सगरमाथा आरोहण गरेर इतिहास रच्ने स्पेनी पर्वतारोही तथा भूगर्भविद् प्रोफेसर जेरोनिमो लोपेज मार्टिनेज, ‘एभरेस्ट ९३’ वृत्तचित्रका निर्देशक तथा पर्वतारोही जौमे अल्टाडिल क्लुआ, महिला पर्वतारोही मेरी पुइग रेबस्टेस र पर्वतारोही लुइस बेल्भिस आई डेल रियोलाई विशेष सम्मान गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

कार्यक्रममा सहभागी स्पेनी पर्वतारोहीहरूले नेपालसँगको आफ्नो पुरानो सम्बन्ध र हिमाल आरोहणको सुखद् पलको स्मरण गर्दै हिमाल चढ्नुभन्दा हिमालको महत्व बुझ्न जरुरी रहेको धारणा व्यक्त गरेका थिए । पर्वतारोहीहरूले जलवायु परिवर्तनका कारण देखापरेका असर र चुनौतीबारे चिन्ता व्यक्त गर्दै हिमाली क्षेत्रको संरक्षणमा जोड दिए । सगरमाथा गौरवको शिखर मात्र नभई विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै सगरमाथालगायतका हिमाली क्षेत्रको संरक्षण विश्व समुदायको साझा दायित्व र जिम्मेवारी रहेको धारणा व्यक्त गरेका थिए ।

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्ध विस्तारका साथै नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सगरमाथा उत्सवको आयोजना गरेर सगरमाथा दिवस मनाइएको बताउनुभयो ।

‘समुद्रदेखि सगरमाथासम्म’ भन्ने अवधारणा अनुरुप उत्सवले सगरमाथाको गौरवशाली इतिहासलाई उजागर गर्ने अवसर प्रदान गरेको उहाँले बताउनुभयो । सगरमाथाले नेपाल र विश्वबीचको मित्रता जोड्ने पुलको रूपमा काम गरेको उल्लेख गर्दै राजदूत नेपालले नेपाल भ्रमणका लागि निमन्त्रणा दिइएको बताउनुभयो । जलवायु परिवर्तनका कारण देखापरेका असर र चुनौतीको सामनाका लागि समुद्रको देश र हिमालको देशले बढी ध्यान दिनुपर्ने उहाँको धारणा थियोे ।

कार्यक्रममा सहभागी स्पेनी पर्वतारोहीहरुले हिमालसँग गहिरो सम्बन्ध रहेको भाव व्यक्त गर्दै नेपाललाई दोस्रो घरको रुपमा व्यक्त गरेको उहाँले बताउनुभयो । उत्सवले नेपाल र स्पेनबीचको संस्कृति र मित्रताको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउने अपेक्षा गरिएको राजदूत नेपालले बताउनुभयो ।

त्यस अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्माले नेपालको प्राकृतिक सौन्र्दर्यता, सांस्कृतिक विविधता, पर्यटनको सम्भावना, जलवायु परिवर्तनका असर, सगरमाथा लगायत हिम श्रृङ्खलाको आकर्षण र अवस्था लगायतका विषयमा जानकारी गराउनुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह