2026-09-26 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तीन महिनामा दुई लाखभन्दा बढी अफगानी पाकिस्तानबाट फिर्ता

पाकिस्तान सरकारले अप्रिलमा निर्वासन अभियान नवीकरण गरेपछि दुई लाखभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडेको इस्लामाबादको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अप्रिलमा एक लाख ३५ हजारभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडे भने मे महिनामा यो सङ्ख्या ६७ हजारमा झरेको थियो । यसैगरी, जुन महिनाको पहिलो दुई दिनमा तीन हजार भन्दा बढी अफ्गानीलाई स्वदेश फिर्ता पठाइएको थियो ।

लगातारको गृहयुद्धबाट भागेर लाखौँ अफगानीहरू पाकिस्तानमा आई आप्रबासी शरणार्थीका रूपमा बसोबास गर्दै आएका छन् ।

तर सन् २०२३ मा इस्लामाबादले स्वदेश फिर्र्ती कार्यक्रम सुरु गरेदेखि दश लाखभन्दा बढी अफगानीले पाकिस्तान छोडेका छन्।

मङ्गलबार, संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले इरानबाट निर्वासित अफगान परिवारहरूको सङ्ख्या बढेकोमा चिन्ता व्यक्त गर्दै मे महिनामा १५ हजार ६७५ जनाले सीमामा दर्ता गरेको जनाएको छ । अघिल्लो महिनाको तुलनामा यो सङ्ख्या दोब्बरभन्दा बढी हो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह