2026-09-05 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

१०१ वर्षीया महिलाले क्यान्सर माथि जीत निकालिन् र भन्छिन्- मैले पढ्न र खेल्न कहिल्यै छोडिनँ

काठमाडौँ । जब कुनै व्यक्तिले जीवनको १०० वर्ष पूरा गर्छ, तब जीवनप्रति उनीहरुको दृष्टिकोण नै परिवर्तन हुन्छ । अमेरिकामा बसोवास गर्ने लेन होरविचको जीवनमा भने आश्चर्यजनक घटना घटेको छ । एक सय वर्षको उमेर पार गरेपछि उनी केहि महिनामा नै स्तन क्यान्सरको शिकार भइन् ।

उमेरले डाँडा काटेकी यी महिलाले हार भने मानिन् र क्यान्सर देखिएको एक वर्षमा नै यो रोगमाथि जीत हासिल गर्न सफल भएर समाजमा एक उदाहरणीय व्यक्तित्व बन्न सफल भएकी छिन् । लेनको कथाले न केवल उमेरको हरेक मोडमा स्वास्थ्यप्रति सजग रहन प्रेरणा दिन्छ, तर यसले के पनि देखाउँछ भने आत्मविश्वास र सही निर्णयले कसरी जीवन बचाउन सक्छ ।

कसरी भएको थियो रोगको पहिचान ?

लेनले एक रात नाइट गाउन लगाउँदा छातीमा गाँठो महसुस गरिन् । उनले त्यसलाई बेवास्ता गरिनन् र आफ्नी नातिनीको सहयोगमा तुरुन्तै मेमोग्राम गराइन् । परीक्षणमा थाहा भयो कि उनलाई स्टेज–१ स्तन क्यान्सर छ ।

उपचारको बाटो र साहसको उदाहरण

एनडेवर हेल्थको हाइल्याण्ड पार्क अस्पतालमा डाक्टरहरूले उनलाई तीन वटा विकल्प दिए— केही नगर्ने, औषधि खाने अथवा शल्यक्रिया गर्ने । धेरैजसो मानिसहरू १०० वर्ष कटिसकेपछि अपरेशनबाट बच्न चाहन्छन्, तर लेनले भने शल्यक्रियाको निर्णय गरिन् । उनले भनिन्– ‘म यो ट्युमर मेरो शरीरबाट बाहिर जाओस् भन्ने म चाहन्थेँ । म स्ट्रोक अथवा हृदयघात जस्ता समस्याबाट थला पर्न चाहन्न थिएँ ।’ उनको दायाँ छातिमा लिम्पेक्टोमी गरेर ट्युमर हटाइयो । आश्चर्यजनक कुरा के थियो भने उनलाई न कीमोथेरापीको आवश्यकता पर्यो, न त रेडिएसनको नै ।

तिव्र गतिमा सुधार

शल्यक्रियापछि लेनको स्वास्थयमा तिव्रताका साथ सुधार भएको देखियो । लेनले आफ्नो नियमित दिनचर्या पुनः प्रारम्भ गरिन्। डाक्टरहरूका अनुसार, उनको स्वास्थ्य र जीवनप्रतिको जोश उमेरमाथि विजयजस्तै थियो ।

दीर्घायुको रहस्य के हो ?

लेनले आफ्नो राम्रो स्वास्थ्यको श्रेय सकारात्मक सोच, सन्तुलित भोजन, नियमित व्यायाम र बलियो पारिवारिक सम्बन्धलाई दिन्छिन् । उनी भन्छिन्– ‘मैले पढ्न, कार्ड खेल्न र टेनिस खेल्न कहिल्यै छोडिनँ । म ९२ वर्षको उमेरसम्म टेनिस खेल्थेँ ।’ अहिले उनी आफ्नी छोरीहरू, नाति–नातिनीहरू तथा पनाति–पनातिनीहरूसँग खुशीका साथ बसिरहेकी छन् र कहिल्यै आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस् भन्दै अरूलाई पनि प्रेरित गरिरहेकी हुन्छिन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ