2026-10-22 10:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

म्यान्माको सैनिक शासनद्वारा श्रमिक अधिकारसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव खारेज

म्यान्माको सत्तारूढ सैनिक सरकार (जुन्टा) ले राष्ट्रसङ्घ अन्तर्गतको श्रम संस्था (अन्तर्राष्ट्रिय श्रम स्गठन) ले पारित गरेको श्रम अधिकारसम्बन्धी प्रस्तावलाई शनिबार खारेज गरेको छ । उसले उक्त प्रस्तावलाई ‘राजनीतिक उद्देश्यले प्रेरित’ भएको आरोप लगाएको छ ।

श्रम सङ्गठनले बिहीबार आफ्नै नियमावलीको ३३ औं धारामा आधारित उपाय अपनाउँदै म्यान्माको सैनिक प्रशासनमाथि प्रतिबन्धसमेत लगाउन सकिने सङ्केत दिएको थियो । सो धारामा उल्लिखित व्यवस्थाहरू अत्यन्त गम्भीर मानव तथा श्रमिक अधिकार उल्लङ्घन भएको अवस्थामा लागू गरिन्छ ।

सङ्गठनले सबै सदस्य राष्ट्रहरूलाई म्यान्मासँगको सम्बन्धले ‘कुनै पनि रूपमा श्रमिकहरूको स्वतन्त्र सङ्गठन गर्ने अधिकार र जबर्जस्ती श्रमको उल्लङ्घनलाई प्रोत्साहन र निरन्तरता दिनु हुँदैन’ भनी आह्वान गरेको छ ।

साथै, अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि ‘सैनिक शासन अन्तर्गत श्रमिक अधिकारको उल्लङ्घनमा प्रत्यक्ष वा परोक्षरूपमा सहयोग पु¥याउने कुनै पनि कार्य’ रिपोर्ट गर्न अनुरोध गरिएको छ ।

यसका जवाफस्वरूप म्यान्माको श्रम मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै सो प्रस्ताव ‘न्यायपूर्ण र निष्पक्ष नभएको’ बताउँदै त्यसलाई ‘राजनीतिक धारणाबाट प्रेरित’ भनिएको छ ।

सन् २०२३ मा गरिएको राष्ट्रसङ्घीय अनुसन्धानमा म्यान्माको सेनालाई श्रममा जबर्जस्ती प्रयोग नगर्न र श्रमिक सङ्गठनकर्मीहरूमाथिको हिंसा तुरुन्त रोक्न आग्रह गरिएको थियो ।

उक्त प्रतिवेदनमा श्रमिकको स्वतन्त्रता र जबर्जस्ती श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूको व्यापक उल्लङ्घन भएको ठहर गरिएको थियो ।

बिहीबार पारित भएको प्रस्तावमा म्यानमाका सैन्य शासकहरूले ती सिफारिसहरूलाई गम्भीर रूपमा ग्रहण नगरेको र कार्यान्वयनका कुनै स्पष्ट सङ्केत नदिएको भनिएको छ ।

तर म्यान्माले भने आफूले ती सिफारिसहरूलाई कार्यान्वयन गर्दै आएको, निरन्तर प्रगति भइरहेको, तर श्रम संस्थाले ती प्रयासहरूलाई बेवास्ता गरेको आरोप लगाएको छ ।

आशिया प्रशान्त क्षेत्रका श्रमिक सङ्गठनहरूको महासङ्घका अनुसार, श्रम संस्थाले आफ्नो सय वर्षे इतिहासमा केवल तेस्रो पटक यस्तो कठोर धारामा आधारित उपाय अपनाएको हो ।

सन् २०२१ मा प्रजातान्त्रिक सरकार प्रमुख आङ सान सु चीलाई हटाएर सैनिकले सत्तामा कब्जा जमाएपछि म्यान्मामा निरन्तर द्वन्द्व, दमन र श्रमिक अधिकार उल्लङ्घनको अवस्था जारी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ