2026-09-26 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अत्यधिक पिरो खानाले आवाज नै गुम्यपछि………..

काठमाडौँ | अमेरिकाको क्यालिफोर्नियाकी एकजना महिला डाक्टरले स्थानीय थाइ रेष्टुरेन्टमाथि मुद्दा दायर गरेकी छन् । कूप डी थाई रेष्टुरेन्टले अत्यधिक पिरो तथा मसालेदार खानेकुरा दिएका कारणले गर्दा आफ्नो गला बिग्रिएर बोली नै बन्द भएको भन्दै स्यान होजे शहरकी न्युरोलोजिस्ट डा. हरजसलीन वालियाले उक्त रेष्टुरेन्टविरुद्ध मुद्दा हालेकी हुन् ।

समाचारका अनुसार सन् २०२३ मा उनले सो रेष्टुरेन्टमा गएर ‘ड्रागन बल्स’ नामक खानेकुरा अर्डर गरेकी थिइन् । उनले त्यसबेला वेट्रेसलाई खानेकुरामा मसला कम गर्न अनुरोध गरेकी थिइन् र ती वेट्रेसले उनको कुरामा सहमति जनाएकी थिइन् ।

तर उनले पिरो र मसला कम गर्न भनेपनि रेष्टुरेन्टले उनको अनुरोधलाई नजरअन्दाज गरेछ । त्यसैले पहिलो गाँस खाँदा नै पिरोका कारण उनको मुख, जिब्रो र घाँटीमा जलन हुन थाल्यो । नाकभित्र पनि जलन भयो अनि आँखाबाट आँसु र नाकबाट पानी बग्यो । उनी लगातार खोक्न थालिन् । वालियाका अनुसार, अत्यधिक पिरोले उनलाई रासायनिक जलन भयो । उनको स्वरयन्त्र, अन्ननली र नाकमा समेत स्थायी क्षति पुगेको छ । उनको आवाज गुमेको छ र बोल्न निकै गाह्रो हुन्छ ।

पहिलो गाँस खाँदा नै मुखमा निकै जलन भएपछि उनले रेष्टुरेन्टका कर्मचारीसँग दूध वा आइसक्रिम मागेकी थिइन् । तर रेष्टुरेन्टले उनलाई राहत दिन केही पनि उपलब्ध गराएन । उनले पछि नरिवल पानी र पानी पनि पिइन्, तर पनि जलन कम भएन । उनले दायर गरेको अभियोगमा त्यस्तो पिरो खाना सामान्य मानिसका लागि उपयुक्त नभएको र रेष्टुरेन्टले स्वास्थ्य अधिकारी वा आपतकालीन सेवासँग परामर्श नगरको बताइन् ।

उता रेष्टुरेन्टले भने आरोप अस्वीकार गरेको छ । रेष्टुरेन्टका प्रतिनिधिका अनुसार मीटबल्सभित्र खुर्सानी मिसिएका कारण पिरो र मसला घटाउन सम्भव थिएन । हालसम्म अरु कसैले पनि असह्य पिरो भयो भनेर गुनासो नगरेको पनि उनले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह