2026-11-12 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजाका विद्यालय,धार्मिक स्थलहरूमा आक्रमण गर्दा इजरायलले ‘विनाश’ गरेको राष्ट्रसङ्घका विज्ञहरूको आरोप

संयुक्त राष्ट्रसङ्घको एउटा स्वतन्त्र आयोगले मङ्गलबार गाजामा विद्यालय, धार्मिक र सांस्कृतिक स्थलहरूमा इजरायली आक्रमण युद्ध अपराध र प्यालेस्टिनीहरूलाई उन्मूलन गर्न खोज्ने मानवता विरुद्धको अपराधका रूपमा रहेको बताएको छ ।
“इजरायलले गाजाको शिक्षा प्रणालीलाई नष्ट गरेको छ र गाजा पट्टीका आधाभन्दा बढी धार्मिक र सांस्कृतिक स्थलहरू नष्ट गरेको छ”, कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले एक रिपोर्टमा भन्यो ।
आयोगले इजरायली सेनाहरूलाई ‘नागरिकहरूको हत्या भएको शैक्षिक सुविधाहरूमा गरिएका आक्रमणहरूमा नागरिकहरू विरुद्ध आक्रमण गर्ने र जानाजानी हत्या गर्ने लगायतका युद्ध अपराधहरू’ गरेको आरोप लगाएको छ ।
“विद्यालय र धार्मिक स्थलहरूमा आश्रय लिएका नागरिकहरूको हत्या गर्दा इजरायली सुरक्षा बलहरूले संहारको मानवता विरुद्धको अपराध गरे”, प्रतिवेदनले भन्यो, “शैक्षिक सुविधाहरू सहित सांस्कृतिक सम्पत्तिको विनाश आफैँमा नरसंहारको कार्य नभए पनि यस्तो आचरणको प्रमाणले संरक्षित समूहलाई नष्ट गर्ने नरसंहारको मनसाय देखाउन सक्छ ।”
आयोगले इजरायली सरकारलाई सांस्कृतिक, धार्मिक र शैक्षिक संस्थाहरूमा आक्रमण गर्न बन्द गर्न आग्रह गरेको छ ।
यसले इजरायललाई ‘प्यालेस्टिनी क्षेत्रमा आफ्नो गैरकानूनी कब्जा तुरुन्तै अन्त्य गर्न’, सबै बस्ती गतिविधि बन्द गर्न र अन्तर्राष्ट्रिय न्यायालयले आदेश दिएको अस्थायी उपायहरूको पूर्ण पालना गर्न आह्वान गरेको छ ।
सन् २०२४ जनवरीमा विश्वको शीर्ष अदालतले इजरायललाई ‘गाजामा मानिसहरू विरुद्ध नरसंहार गर्न प्रत्यक्ष र सार्वजनिक उक्साहटलाई रोक्न र सजाय दिन’ र त्यहाँ तत्काल आवश्यक आधारभूत सेवाहरू र मानवीय सहायताको लागि अनुमति दिन सबै उपायहरू गर्न आदेश दिएको थियो ।
मङ्गलबारको प्रतिवेदनले गाजामा विशेष ध्यान दिएको छ तर पूर्वी जेरुसेलम र इजरायल लगायत सम्पूर्ण प्यालेस्टिनी क्षेत्रहरूमा नागरिकहरूमाथि इजरायली आक्रमणहरूमा पनि ध्यान केन्द्रित गरेको छ ।
– – –

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने