७ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए: आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

२८ जेष्ठ २०८२, मंगलवार १५:५०
काठमाडौँ । पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) ले सोमबार पाकिस्तानको हालै जारी आर्थिक सर्वेक्षणलाई लिएर सरकारको कडा आलोचना गर्दै यसलाई गठबन्धनको असफल आर्थिक व्यवस्थापन र देशमा गहिरो सङ्कटको प्रमाण भनेको छ ।
पिटिआईका सूचना सचिव शेख वकास अकरम र विपक्षी नेता उमर अयुब खानले पत्रकार सम्मेलनमा अर्थमन्त्री मुहम्मद औरङ्गजेबले मुद्रास्फीति, गरिबी र स्थिरतालाई नियन्त्रण गर्न सत्ताधारी गठबन्धनको असक्षमतालाई उजागर गर्दै आर्थिक प्रतिवेदन ‘माफी माग्ने तरिकामा’ प्रस्तुत गरेको बताउनुभयो ।
उहाँहरूले मात्र तीन वर्षमा तीन करोड पाकिस्तानी गरिबीको रेखामुनि धकेलिएको दाबी गर्नुभएको डनले बताएको छ ।
यसअघि पिटिआईको छ दशमलव पाँच प्रतिशतको वृद्धिदरको आलोचना गर्नेहरूले अहिले आफ्नो ‘सबैभन्दा खराब’ प्रदर्शनको रक्षा गरिरहेको अकरमले बताउनुभयो । राष्ट्रपति आसिफ जर्दारीले सार्वजनिक समस्या समाधान गर्ने वाचा गरे पनि गरिबी मात्र बढेको उहाँले बताउनुभयो ।
तीन वर्षमा वृद्धिदर एक दशमलव पाँच प्रतिशतमा झरेको र बिजुलीको बिल तिर्न नसक्ने भएकाले धेरै नागरिकहरू सौर्य ऊर्जा अपनाउन बाध्य भएको पनि उहाँको भनाइ थियो । उहाँका अनुसार मुद्रास्फीति ११ दशमलव पाँच प्रतिशतमा उच्च रहेको छ, जसले सरकारको सुधारको दाबीलाई खण्डन गर्छ ।
अयुबले सरकारको कृषि नीतिहरूको आलोचना गर्दै आधारभूत क्षेत्रहरू पनि घटेको बताउनुभयो । “सबै बालीले नकारात्मक वृद्धि देखाए, तर गधाहरूको जनसङ्ख्या बढेको छ”, उहाँले टिप्पणी गर्नुभयो ।
पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्सको तथ्याङ्कलाई उद्धृत गर्दै उहाँले सन् २०२२ मा ५० हजारको मूल्य घटेर २० हजार आठद सय ३३ रुपैयाँ पुगेको र चियाको मूल्य ७४ प्रतिशतले बढेको बताउनुभयो ।
पिटिआई नेताहरूले आर्थिक पतनका कारण ठूलो सङ्ख्यामा पलायन हुने चेतावनी पनि दिएका छन् । अकरमले खराब आर्थिक अवस्थाबाट बच्न मानिसहरू देशबाट भागिरहेको र चाँडै थप आउने बताउनुभयो ।
अयुबका अनुसार हालैका वर्षहरूमा ३२ लाख मानिसले रोजगारी गुमाउने, मुद्रास्फीति र खराब जीवनस्तरको कारण पाकिस्तान छोडेका थिए । उहाँले सत्तारूढ सांसदहरू उनीहरूको असफल शासनका कारण मतदाताहरूको सामना गर्न असमर्थ रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको : विष्णु रिजाल बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेमा एकै घरका ३ सदस्य,जसमा १ गर्भवती महिला सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु प्रतिनिधिसभा: १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन ‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’: प्रदेश मन्त्री राय नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसदप्रति जिम्मेवार नभएको भन्दै आपत्ति इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ, थप गिरफ्तारीको आशंका सभापति देउवाद्वारा दुःख व्यक्त रास्वपाका सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिए मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस इजरायलको आक्रमणमा इरानका वरिष्ठ कमान्डर मारिए सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्‍यो प्रदर्शनको एक सय दिन