2026-09-26 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजाको अल–अमल अस्पताल सेवा विहिन ; डब्ल्यूएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेयससले दक्षिणी गाजाको खान युनिसस्थित अल–अमल अस्पताल क्षेत्र वरपर बढ्दो इजरायली आक्रामकका कारण सेवा विहिन भएको चेतावनी दिनु भएको छ ।

सामाजिक सञ्जाल एक्समा डाक्टर घेब्रेयससले अस्पताल विरामीको पहुँच विहिन र नयाँ बिरामी लिन रोक लगाएकाले विरामाीहरुले ज्यान गुमाउनु पर्ने जोखिम बढेको बताउनु भएको छ । केहि राष्ट्रिय र अन्तर्राष्ट्रिय चिकित्सा टोलीहरू अझै पनि अस्पताल परिसरमा सीमित चिकित्सा आपूर्तिका साथ बाँकी बिरामीहरूको सेवा गर्न सक्दो प्रयास गरिरहेको उहाँले प्रष्ट पार्नु भएको छ ।

अल–अमल अस्पतालमा नयाँ विरामीहरुका लागि बन्द भएपछि नासिर मेडिकल कम्प्लेक्स घाईते तथा विरामीहरुको उपचारका लागि एक मात्र अस्पताल भएको उहाँले उल्लेख गर्नु भएको छ ।

अल–अमल र नासेर कम्प्लेक्स दुवैले इजरायली आक्रमण र नाका बन्दीको कारण क्षमता भन्दा बढी घाइते तथा विरामीहरुको उपचार गरिरहेको जनाइएको छ ।

सन् २०२३ अक्टोबरमा गाजामा इजरायली आक्रमण सुरु भएदेखि, २.३ मिलियन भन्दा बढी प्यालेस्टिनीहरूले खराब मानवीय प्रकोपको सामना गरिरहेका छन् । निरन्तर बढ्दो अभावले भयाभह स्थिती निम्त्याउन संयुक्त राष्ट्रसङ्ले बारम्बार चेतावनी दिएको छ भने इजरायलले अस्पताल, आश्रय तथा नागरिक पूर्वाधारलाई लक्षित गरि आक्रमण गरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह