2026-09-05 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मध्यपूर्वमा चर्किएको तनावसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यवृद्धि

काठमाडौँ । मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा उल्लेख्य वृद्धि भएको छ। अमेरिकाले इराकस्थित आफ्ना दूतावास खाली गर्ने तयारी गरिरहेको खबर सार्वजनिक भएपछि बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको हो।

लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको मूल्य बिहीबार बिहानको कारोबारमा २ डलर ९० सेन्टले बढेर प्रतिब्यारेल ६९ डलर ७७ सेन्टमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ४.३४ प्रतिशतले बढी हो।

त्यस्तै, अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट पनि ३ डलर १७ सेन्टले बढेर प्रतिब्यारेल ६८ डलर १५ सेन्टमा पुगेको छ। दुवै प्रमुख बेन्चमार्कको मूल्य अप्रिलको सुरुयता कै उच्च विन्दुमा पुगेको हो।

पेट्रोल निर्यातकर्ता देशहरूको संगठन (ओपेक) को दोस्रो ठूलो तेल उत्पादक राष्ट्र इराकमा तनाव बढेसँगै व्यापारीहरूले क्रुड फ्यूचर्समा ठूलो मात्रामा लगानी गरेका छन्। प्राइस फ्यूचर्स ग्रुपका विश्लेषक फिल फ्लिनका अनुसार, “बजारले यति ठूलो भूराजनीतिक जोखिमको अपेक्षा गरेको थिएन, जसले मूल्यमा तत्काल प्रभाव पार्‍यो।”

तेल मूल्यवृद्धिमा अर्को कारण इरान र अमेरिकाबीचको चर्किंदो तनाव पनि हो। इरानी रक्षामन्त्री अजिज नासिरजादेहले परमाणु वार्ता असफल भएमा अमेरिकी सैन्य शिविरहरूलाई निशाना बनाउने चेतावनी दिएका थिए। यस्तो अवस्थाले इरानको तेल आपूर्ति सीमित हुने आशंका गरिएको छ।

यद्यपि, ओपेक र त्यसबाहिरका प्रमुख उत्पादक राष्ट्रहरूले आगामी जुलाईदेखि दैनिक ४ लाख ११ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने योजना बनाएका छन्, जसले आपूर्तिमा गम्भीर बाधा नपर्ने अनुमान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ