2026-09-26 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजको आगो निभाउन सङ्घर्षरत भारत

भारतको तटरक्षक बलले ‘सम्भावित पारिस्थितिक विपत्ति’ रोक्नका लागि दक्षिणी तटबाट ‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजमा लागेको आगो निभाउन सङ्घर्ष गरिरहेको बताएको छ ।
चालक दलका २२ सदस्य बोकेको दुई सय ६८ मिटर (आठ सय ७९ फिट) लामो सिङ्गापुर झण्डाको कन्टेनर जहाज एमभी वान हाई ५०३ मा आगो लागेको छ । तीमध्ये चार जना बेपत्ता छन् । यो जहाजमा सोमबार भारतको बेयपोर बन्दरगाहबाट लगभग ७८ समुद्री माइल टाढा आगो लागेको थियो ।
आगो लागेको केही समयपछि तटरक्षक बलले सार्वजनिक गरेका तस्बिरहरूले कुनै शक्तिशाली विस्फोटनले फ्याँकेको जस्तो जहाजभरि भारी कन्टेनरहरू छरिएका देखाएको छ । त्यसबेलादेखि जहाजमा आगो लागेको छ ।
“यो जहाजमा दुई हजार एक सय २८ मेट्रिक टन इन्धन र खतरनाक कार्गोसहित सयौँ कन्टेनर छन्, जसले समुद्री वातावरण र क्षेत्रीय पोत परिवहन मार्गहरूलाई गम्भीर जोखिम पारेको छ”, तटरक्षक बलले बुधबार राति एक विज्ञप्तिमा भन्यो ।
तटरक्षक बलले कार्गोको सामग्रीको बारेमा थप विवरण दिएको छैन, तर भनेको छ, “अवस्था गम्भीर रहेको छ ।”
भारतीय तटरक्षक बल र नौसेनाले अठार चालक दलका सदस्यलाई उद्धार गरेको छ । एक इन्डोनेसियाली, दुई ताइवानी र एक म्यान्मारीसहित चालक दलका चार सदस्य बेपत्ता भएको सूचीमा छन् ।
तटरक्षक बलले जलिरहेको जहाजमा ‘उद्धार टोलीका पाँच सदस्य’ र एक गोताखोरलाई राखेको बताएको छ ।
“आगो पूर्णरूपमा निभ्न बाँकी रहेको अवस्थामा सम्भावित पारिस्थितिक विपत्ति रोक्न जहाजलाई तटबाट टाढा तान्नका लागि डोरी बाँध्ने प्रयासहरू जारी छ”, यसले भन्यो, “आगो निभाउने सघन प्रयासले… देखिने आगोको ज्वालालाई उल्लेखनीय रूपमा कम गरेको छ । तथापि भित्री डेकहरू र इन्धन ट्याङ्कहरू नजिक आगो अझै सक्रिय छ ।”
आगो निभाउने प्रयासमा पाँचवटा तटरक्षक जहाजका साथै हवाईजहाज र एउटा हेलिकप्टरसहित सातवटा जहाज संलग्न छन् ।
एमभी वान हाई ५०३ कन्टेनर जहाज भारतको दक्षिणी तटमा केही हप्ताभित्रै सङ्कटमा परेको दोस्रो जहाज हो ।
खतरनाक सामान बोकेको लाइबेरियाको झण्डा बोकेको कन्टेनर जहाज गत महिनाको अन्त्यतिर केरलाको तटमा डुबेको थियो । भारतीय नौसेनाले सबै २४ जना चालक दलका सदस्यलाई उद्धार गरेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह